समाज

निजामती कर्मचारी प्रणाली दोषपूर्ण छः मन्त्री त्रिपाठी
२४ चैत्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासन दोषपूर्ण रहेको बताउनुभएको छ । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहनुभएका मन्त्री त्रिपाठीले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गर्नुभयो । ‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै दोषपूर्ण छ’, आज संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले भन्नुभयो, ‘यसमा प्रशासन..

तस्कर र प्रहरीबीच गोली हानाहान
२४ चैत्र, कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा हिजो साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच..

पुनः काठमाडौं प्रवेशमा कडाइ गर्ने निर्णय
२४ चैत्र, काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणका कारण पुनः काठमाडौं प्रवेशमा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्टका लागि स्वाब संकलन गरी पठाउने निर्णय पनि..

पूर्वी नेपालमा भुकम्पको धक्का महशुुस
२३ चैत्र, झापा । पूर्वी नेपालको झापा जिल्ला सहित आसपासका क्षेत्रहरुमा भुकम्पको धक्का महशुुस भएको छ । प्रदेश–१ का झापा, इलाम, मोरङ सहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको स्थानियहरुले बताएका छन् । अमेरीकी जियोलोजिकल सर्भेका अनुसार भारतको गान्तोक शहरको दक्षिण पूर्वी क्षेत्रलाई केन्द्र विन्दु बनाएर ५ रेक्टरस्केलको भुकम्प गएको हो । यसको असर नेपालका केही जिल्लामा सहित भारत, बांलादेश, भुटान र चाईनाका केही क्षेत्रमा परेको अमेरीकी जियोलोजिकल सर्भेले आफ्नो वोईवसाईटमा..

वायु प्रदूषणः अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विज्ञको सुझाव
२३ चैत्र, काठमाण्डौँ । काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर..

सामी इलामद्वारा उत्कृष्ट ३ कर्मचारी र ८ व्यवसायी सम्मानित
चैत्र २३, इलाम । सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले कार्यसम्पादनको आधारमा तीन जना कर्मचारी र प्रवासबाट फर्किएका आठ जना व्यवसायीलाई सम्मान गरेको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मंसिरबाट इलाम जिल्लामा संञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले यो आर्थिक वर्षसम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा उत्कृष्ट तीन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायीलाई सम्मान गरेको हो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको २४ कर्मचारी मध्ये तीन विधाका..

पत्रकार महासंघ इलामको अध्यक्षका लागि भट्टराई र तिमसिनाको उम्मेद्धारी
२३ चैत्र, इलाम । नेपाल पत्रकार महासंघ इलामको शाखाको अध्यक्ष पदका लागि दुई जनाले उम्मेद्धारी दर्ता गराएका छन् । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव) र प्रेस संगठन नेपालका तर्फबाट सुजन तिमसिनाले उम्मेद्धारी दर्ता गराएका हुन् । अध्यक्षमा दुई प्यानलबाट मनोनयन दर्ता भएपनि अधिकाशं पदमा संयुक्त प्यानलको तर्फबाट मात्र मनोनयन दर्ता भएको छ । खुला उपाध्यक्षमा संयुक्त प्यानलबाट प्रेस चौतारीका..

देशभर वायु प्रदुषणको मात्रा फेरी बढ्यो, काठमाण्डौँ विश्वकै प्रदुषित शहर
२३ चैत्र, काठमाण्डौँ । देशभर वायु प्रदुषणको मात्रा बढेसंगै काठमाण्डौँ विश्वकै प्रदुषित शहर बनेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो । स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ । वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी..

पेट्रोल, डिजेल र मटितेलको मुल्य बढ्यो (नयाँ मुल्य सुची हेर्नुहोस्)
२३ चैत्र, काठमाण्डौँ । नेपाल आयल निगमले गएराती देखी इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य रु १२० रुपैयाँ र डिजेल मटितेलको रु १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा..

नेपालमा रहेका भुटानी शरणार्थीलेपनि लगाए कोरोना विरुद्धको खोप
२१ चैत्र, झापा । कोरोना भाएरस विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत नेपालमा रहेका शरणागत रहेका भुटानीहरुलाई पनि खोप लगाईएको छ । ६५ बर्ष माथिका ज्येष्ठहरुलाई सरकारले लगाउने खोप अभियान कार्यक्रम अन्तर्गत झापा र मोरङमा बस्दैआएका ६५ बर्ष माथिका ६६८ जना भुटानी शरणार्थीले खोप लगाएका हुन् । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा यसैसाता सञ्चालन भएको दोश्रो चरण खोप अभियानमा सो संख्याका शरणार्थीहरुले खोप लगाएको शिविर व्यवस्थापन समितिले जनाएको छ । खोप..