समाज

दाङको तुलसीपुरमा एमालेका उम्मेद्धारलाई ९६२ मतको अग्रता, गठबन्धनलाई हम्मे–हम्मे
८ जेष्ठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेद्धारलाई जित्न गठबन्धनलाई हम्मे हम्मे पर्ने देखिएको छ । आइतबार बिहान साढे १० बजेसम्म ३७ हजार ८५२ मत गणना हुँदा मेयरमा एमालेका टिकाराम खड्काले मतान्तर बढाउँदै ९६२ र्पुयाएका छन् । खड्काले १५ हजार ९१७ मत प्राप्त गरेर अग्रता लिइरहँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको १४ हजार ९५५ मात्र मत छ । कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत नआएपछि गठबन्धनमा निराशा देखिएको..

वुबा उपमेयरमा हारेपछि छोराले कुटे नेता
८ जेष्ठ, सुनसरी । नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले हातपात गरेका छन् । आज बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेका हुन् । सुवेदीको आँखामा चोट लागेको छ । सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए । हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । इटहरी..

धरानमा हर्क साम्पाङलाई चार हजार १५९ मतको अग्रता
८ जेष्ठ, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ । यो..

चुलाचुलीमा नवनिर्वाचित जनप्रतिनिधीद्वरा पदभार ग्रहण
७ जेष्ठ, इलाम । चुलाचुली गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूले पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृत तेजप्रसाद प्रसाईद्धारा निर्वाचित जनप्रतिनिधीरुलाई प्रमाण–पत्र वितरण गरि हिजो साँझनै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावती सहित वडाध्यक्षहरुले पदभार ग्रहण गरेको चुलाचुली गाउँपालिकाले जनाएको छ । हिजो साँझ ७ बजेतिर चुलाचुली पालिकाको प्रसाशकीय भवनमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नवनिर्वाचित पालिका अध्यक्ष राजेन्द्र केरूङबाट उपाध्यक्ष, वडाध्यक्ष र सम्पूर्ण सदस्यहरूलाई पद तथा गोपनियताको सपथ..

धरानको मेयरमा हर्क साम्पाङलाई २१० मतको अग्रता
५ जेष्ठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन् । हिजो बुधबार स्थगित भएर आज बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् । लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ हजार ४७९ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार..

तीन दशक पछि इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी
४ जेष्ठ, इलाम । इलाम नगरपालिकामा कंग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा नेपाली कंग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय ६५ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । मेयरमा थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपमेयरमा एमालेकै..

इन्धनको मुल्य बढेसंगै आन्तरिक हवाइ उडानको भाडादर बढ्यो
२१ माघ, काठमाण्डौँ । आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो । संघले पुरानो भाडादरमा १०५ रुपैयाँदेखि ४४५ सम्म वृद्धि गरेको जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो । बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँ रहेको छ..

मलद्वारभित्र लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन सहित एक जना पक्राउ
२० माघ, काठमाण्डौँ । बुधबार बिहान १० बजेतिर त्रिभुवन बिमानस्थलमा ओर्लियो दुबईबाट आएको एयर अरेबियाको बिमान । उक्त विमानबाट बाहिरिनेहरुको लाममा एक व्यक्ति अलिक अफ्ठेरो तरिकाले हिँडिरहेको देखेर सुरक्षाकर्मी सशंकित बने । विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु अवैध मालवस्तुहरु ओसारपसार गर्नेको हाउभाउसँग अभ्यस्त नै हुन्छन् । दुबईबाट नेपाल आएका दावाछिरिङ शेर्पा पनि उनीहरुको नजरबाट छिप्न सकेनन् । सुरक्षार्कीले केहीबेर उनलाई पछ्याए र नियन्त्रणमा लिइहाले । प्रहरीका अनुसार सुन निलेर आएको हुन सक्ने..

पूर्वी काकरभिट्टा नाका अझै खुल्न सकेन
२१ कार्तिक, झापा । चार दिनअघि मन्त्रिपरिषद् बैठकले भारतसँग जोडिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेपनि झापाको काकरभिट्टा नाका खुल्न सकेको छैन । सञ्चारमाध्यममार्फत नाका खोलिएको सूचना सार्वजनिक भए पनि औपचारिक निर्देशन नआएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । डीएसपी सुनिल दाहालले नाका खोल्ने विषयमा माथिल्लो निकायको निर्देशन पर्खिरहेको बताउनुभयो । सरकारी निर्णय कार्यान्वयन नहुँदा सीमाक्षेत्रमा अन्योल बढेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउनुहुन्छ । सरकारले..

बाढी, पहिरोका कारण पाँचथर र इलाममा मात्र २७ जनाको मृत्यु
३ कार्तिक, इलाम । केही दिन देखी जारी अविरल बर्षाका कारण पाँचथरमा मात्र आज साझसम्ममा २४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार २४ जनाको मृत्यु, २ बेपत्ता र ६ जना घाईते भएको छन् । प्रहरीले मिक्लाजुङमा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर गाँउपालीका अध्यक्ष अमर माखिमका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ भने तीन जना बेपत्ता रहेको छन् ।..