महागुरु फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम् छः राष्ट्रपति भण्डारी

२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताउनुभएको छ । आज १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा उहाँले महत्त्वपूर्ण योगदान र्पुयाएको बताउनुभएकोे हो । उहाँको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती..

अनलाइन सञ्चारमाध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रसारण गर्न पाउने

२४ कार्तिक, काठमाण्डौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय आयोगले गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि विज्ञापन गर्न पाउने निर्णय आयोगले गरेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नुपर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन,..

सवारी ‘लाईसेन्स’को आधारमा पनि मतदान गर्न मिल्ने

२३ कार्तिक, काठमाण्डौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता परिचय पत्रबिना पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन जारी गर्दै आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिन भनेको हो..

निर्वाचन आउन अब ६० दिन बाँकीः ७७ जिल्लामै निर्वाचन अधिकृत नियुक्त

५ असोज, काठमाण्डौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आउने ११ गतेदेखि लागू हुने गरी..

आगामी निर्वाचनमा दुई करोड मतदाताले मतदान गर्दै

१ असार, काठमाण्डौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार यो पटक १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो । आयोगका अनुसार सर्वाधिक मतदाता मोरङ र मनाङमा कम रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा २ लाख ५४ हजार ८ सय ४७ जना मतदाता..

आज मध्य रातिदेखी प्रतिनिधिसभाको कार्यकाल सकिँदै

१ असोज, काठमाण्डौँ । आज मध्य राति १२ बजेपछि प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ। पाँच वर्षको कार्यकाल आज रातिदेखि सकिन लागेको हो । बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेका छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ ।

डेढ लाख लिएको ऋणको डेढ करोड बुझाउदा पनि अझै ऋण चुक्ता भएन

१३ भाद्र, मोरङ । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे । सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ । पिडित अवधेशकुमार मण्डल उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन्..

झापाका दुई स्थानीय तहका भूमिहीन ९२ जनालाई जग्गाधनी प्रमाण पुर्जा बितरण

८ भाद्र, झापा । झापाका दुई स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु मध्ये ९२ जनालाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति झापाले गौरादह नगरपालिका–४ महारानी झोडाका ५० परिवार र बुद्धशान्ति गाउँपालिका–२ का ४२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको आयोगका प्रमुख तिलक पाण्डेले जानकारी दिनुभयो । कनकाई नगरपालिका वडा नं. ८ कल्टुबारीका २३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरणको निर्णय भइसकेको पाण्डेको..

झापाको पूर्वी र उत्तर क्षेत्रमा अझै पनि जङ्गली हात्तीको त्रास, समस्या जस्ताको त्यस्तै

७ भाद्र, झापा । झापाको पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका..

नेता गिरिको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

५ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६..