६५ जना यात्रुसहित त्रिशुलीमा बेपत्ता बसको खोजी गर्न गोताखोरसहित ५५ जना परिचालन

२८ असार, काठमाण्डौँ । पहिरोमा परी त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य सुरु भएको छ । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता रहेका छन् । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन । बीरगन्जबाट आएको गाडीमा..

नारायणगढ–मुग्लिन सडकबाट त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी कार्य सुरु

२८ असार, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो । दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ । आज बिहान वीरगञ्जबाट..

इलाममा पुनः पशु सेवा प्रदान गर्ने कार्यालय स्थापना

२७ असार, इलाम । इलाम जिल्लाबाट हटाइएको पशु सेवा प्रदान गर्ने कार्यालय पुनः स्थापना गरिएको छ । पशु सेवा कार्यालय हटाएर कोशी प्रदेश सरकारले इलाम र झापा हेर्ने गरि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापामा स्थापना गरिएको थियो । इलाममा विज्ञ केन्द्रको सम्पर्क कार्यालय मात्रै राखिएकोमा अहिले कोशी प्रदेश सरकारले पुनः स्थापना गरेको हो । साउन १ गतेबाट पुर्ण रुपमा संचालनमा आउने भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र प्रदेश..

गगन, शेखर र विश्वप्रका सरकारमा नजाने, प्रकाशमानको संभावना बढ्दै

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ ।..

मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

२७ असार, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । आज (बिहीबार) विशेष अदालतका न्यायाधीशत्रय अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । गीताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षको जागिर खाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीको आधारमा छानविन गरी गीताविरुद्ध मुद्दा दायर गरेको थियो । उनी..

संसदमा मतदानलगत्तै ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदको लिखित समर्थन तयार

२७ असार, काठमाण्डौँ । सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ । नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको..

प्रतिबन्धित लागूऔषधसहित दमकमबाट एक दम्पत्ती पक्राउ

२७ असार, झापा । प्रतिबन्धित लागूऔषधसहित झापाको दमकमबाट गएराति एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १ फाल्गुनन्द चौकमा डेरा गरी बस्ने इलाम, महमाई नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूसहित उनका श्रीमती २४ बर्षिया सुनिता राईलाई ४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागूऔषध लुकाई छिपाई बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी..

देउवा भेट्न पुगे प्रकाशमान दम्पती, देखाए सरकारमा जाने ईच्छा

२७ असार, काठमाण्डौँ । सरकारमा जाने तयारीमा रहेको नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका आकांक्षी छन् । यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सरकारको नेतृत्व गरेर जान सिनियर नेताहरूले सभापति देउवासँग भेटघाट गरिरहेका छन् । हालैमात्र दिल्लीमा उपचार गराएर फर्किएका कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले बुधबार बिहान देउवालाई भेटेर आफ्नो स्वास्थ्य अवस्था र सरकारमा जाने चाहना खुलेरै व्यक्त गरेका छन् । पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले..

बूढानीलकण्ठमा देउवा र ओलीबीच दुई घण्टा छलफल

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए । कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि..

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा

२७ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को संघीय सरकारबाट हस्तान्तरण भएको सशर्त तर्फको स्वीकृत कृषि तथा पशुपन्छी बजारीकरणको लागि कृषि एम्बुलेन्स कार्यक्रम मार्फत कृषि एम्बुलेन्स संचालनको लागि प्रस्ताव माग गरेको थियो । सोहि माग अनुसार माईपोखरी कृषि सहकारी संस्था सन्दकपुर ३ ले कृषि एम्बुलेन्स संचालनको जिम्मा पाएको छ । कृषि उपज सामग्री ग्रामीण क्षेत्रबाट बजारसम्म पुर्याउनका लागि सहयोग पुगोस्..