ओली नेतृत्वको सरकारमा मन्त्री बन्न गगनको ‘लविङ’

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा क–कसलाई पठाउने भनेर पार्टीभित्र आधिकारिक रुपमा छलफल सुरु नगर्दै नेताहरुले भने मन्त्री बन्नकोलागि सक्रियता बढाएका छन् । यसपटक कांग्रेसबाट पदाधिकारी तहबाटै सरकारको नेतृत्व गरेर जाने कि अरु कसैलाई पठाउने भनेर सभापति शेरबहादुर देउवा कुनै निश्कर्षमा पुगिसकेका छैनन् । तर, महामन्त्री गगनकुमार थापाले भने आफूपनि सरकारमा सहभागी हुनेगरि आफूलाई मुभ गराएका छन् । महामन्त्री थापाले नै..

रबिले पार्टीलाई क्लब जस्तो गरि चलाएः मुकुल ढकाल

२६ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । आज बुधबार पत्रकार सम्मेलन गर्दै डा.ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् । आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् । उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा..

झापामा डेंगु रोगको सङ्क्रमण बढ्दो

२६ असार, झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ । ईडीसीडीको तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको छ । मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ..

असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने ओलीको भनाई

२६ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भएपनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् । असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन् । प्रचण्डले सो दिन विश्वासको मत (१३८ सांसदको साथ) प्राप्त..

इलाम दरबारमा सामुदायिक पुस्तकालयको उदघाटन

२६ असार, इलाम । इलाम दरबारमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको उदघाटन भएको छ । हाल अरनिको संग्राहलय रहेको इलाममा राणाहरुले निर्माण गरेको इलाम दरबारबाट लामो सयम सम्म प्रशासनिक कार्यहरु संचालन भएको थियो । अहिले यसै दरबारमा इलाम नगर साहित्य, कला, संस्कृति प्रतिष्ठानले संग्राहलय सहित पठन संस्कृतिको विकास गर्न सामुदायिक पुस्तकालयको स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले जानकारी दिए । पुस्तकालयको उदघाटन इलाम नगरका प्रमुख केदार थापाले गरेका थिए ।  ..

नाउपाले फिर्ता लियो प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन

२६ असार, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको छ । नाउपाले हालै संसदीय दलको नेता फेरेको थियो । रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर अरुण चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले पर्सी संसदबाट विश्वासको मत लिँदैछन् । यस..

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

२६ असार ताप्लेजुङ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।  

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश

२६ असार । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो । अमेरिकाको न्यु जर्सीमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । दोस्रो सेमिफाइनलमा..

आजको राशिफल

२६ असार, काठमाण्डौँ । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्नसक्छ ।..

गाजामा विस्थापितहरुको अस्थायी शिविरमा आक्रमण हुँदा २९ जनाको मृत्यु

२६ असार, काठमाण्डौँ । दक्षिणी गाजामा विस्थापितहरुको अस्थायी शिविरमा इजरायलले आक्रमण गर्दा २९ जनाको मृत्यु भएको छ । इजरायलले भने आफ्नो आक्रमण विस्थापित भएकाहरुमाथि लक्षित नभई हमासका लडाकुहरुप्रति लक्षित रहेको जनाएको छ । शरणार्थी शिविरमा आक्रमण भएको भए त्यसको जाँच गर्ने इजरायलले जनाएको छ । हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले भने खान युनिसको पूर्वतर्फ पर्ने अबसाना अल कबिरा गाउँमा रहेको अल आवदा स्कुलको गेट अगाडि हवाई हमला भएको थियो ।..