कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास ठप्प

कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास ठप्प

२५ भदौ, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गाेतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए । भोलि पनि सेवा अवरुद्ध हुने ती अधिकृतले बताए ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर