झापामा कुलतको कारण बढ्दै अपराध

३ चैत, झापा । लागुऔषधको कुलतमा फसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गत फागुन २५ गते राति गाँजा खाएर लठ्ठ परेका १७ वर्षीय धीरज विश्वकर्माले लागुऔषध किन्न पैसा नदिएको निहुँमा ८२ वर्षीया हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेका थिए ।..

५० लाख सुडानी भोकमरीको जोखिममा

३ चेत । संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन आग्रह गरेको छ । एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबिचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्रयाउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ । सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोबिच गत वर्षको अप्रिलदेखि जारी..

ढुक्क भएर लगानी गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

३ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजेतालाई शनिबार पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए । “देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले..

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित

३ चैत, काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे । नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् । भक्तपुरको निष्ट स्कूलले तयार पारेकाे..

दमक क्याम्पसको ५५ लाख अनियमितताका विरुद्ध अखिलको ३ दिने अल्टिमेटम

३ चौत्र, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा खर्च गर्नु न्यायोचित नभएको भन्दै उनिहरुले विद्यार्थीकै लागिमात्र सो रकम खर्च गरिनु पर्ने माग गरेका छन् । ८ बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम रकमान्तर गरेर प्रसासनमा खर्च गरेपनि हालसम्म त्यस बिषयलाई क्याम्पसले गुपचुप बनाएको उनिहरुको आरोप छ..

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

३ चैत, काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ । शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य..

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रः सिटीको भेट १४ पटकको विजेता रियलसँग

३ चैत । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनीक गरिएको छ । शुक्रबार सार्वजनीक ड्र अनुसार स्पेनिस जायन्ट रियल मड्रिड र इङ्ल्याण्डको म्यानचेस्टर सिटी अन्तिम ८ मै भिड्ने भएका छन् । सिटीको भेट च्याम्पियन्स लिगको १४ पटकको विजेता रियलसँग क्वार्टरफाइनमै जुरेको हो । ड्र अनुसार इङ्लिस क्लब आर्सनलले जर्मन महारथी बायर्न म्युनिखलाई प्रतिद्धन्दीको रुपमा पाएको छ । अर्काे स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन बोरुसिया डर्टमण्डको चुनौती पार गर्नुपर्ने भएको छ..

रोनाल्डोको गोलमा अल नासरको जित

३ चैत । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले साउदी प्रो लिगमा जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासरले अल अहलीलाई १–० गोल अन्तरले हराएको हो । अल नासरका लागि रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ६८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । ५८ खेलमा रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरेका हुन् । साउदी प्रो लिग सहित एसियन च्याम्पियन्स लिग, किंग्स कप, सुपर कप र..

कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु

३ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्रि वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन् । कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तुको कोरिया निर्यात गरिने छ । कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका..

सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्त ऋणीले लिए आन्दोलन फिर्ता

३ चैत, काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो । सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिको पूर्णपाठ नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा लघुवित्त वित्तीय संस्थाका क्षेत्रमा देखिएका समस्या..