च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रः सिटीको भेट १४ पटकको विजेता रियलसँग

च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रः सिटीको भेट १४ पटकको विजेता रियलसँग


३ चैत । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनीक गरिएको छ ।

शुक्रबार सार्वजनीक ड्र अनुसार स्पेनिस जायन्ट रियल मड्रिड र इङ्ल्याण्डको म्यानचेस्टर सिटी अन्तिम ८ मै भिड्ने भएका छन् ।

सिटीको भेट च्याम्पियन्स लिगको १४ पटकको विजेता रियलसँग क्वार्टरफाइनमै जुरेको हो ।

ड्र अनुसार इङ्लिस क्लब आर्सनलले जर्मन महारथी बायर्न म्युनिखलाई प्रतिद्धन्दीको रुपमा पाएको छ ।

अर्काे स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन बोरुसिया डर्टमण्डको चुनौती पार गर्नुपर्ने भएको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई प्रतिद्धन्दीको रुपमा पाएको छ ।

क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ९ देखि १० सम्म र दोस्रो लेग अप्रिल १६ देखि १७ सम्म हुनेछ ।

सेमिफाइनलको खेल अप्रिल ३० देखि मे १ सम्म र सेकेन्ड लेग मे ७ देखि ८ सम्म हुने तय भएको छ ।

इङ्ल्याण्डको वेम्वली रंगशालामा जुन १ मा च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर