रोनाल्डोको गोलमा अल नासरको जित

रोनाल्डोको गोलमा अल नासरको जित


३ चैत । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले साउदी प्रो लिगमा जित हासिल गरेको छ ।

शुक्रबार भएको खेलमा अल नासरले अल अहलीलाई १–० गोल अन्तरले हराएको हो । अल नासरका लागि रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ६८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

५८ खेलमा रोनाल्डोले ५० गोलको कोशेढुङ्गा पार गरेका हुन् । साउदी प्रो लिग सहित एसियन च्याम्पियन्स लिग, किंग्स कप, सुपर कप र अरब क्लब च्याम्पियन कपबाट रोनाल्डोले सो गोल गरेका हुन् ।

सन् २०२२ को अन्तिममा म्यानचेस्टर युनाईटेड छाडेर रोनाल्डोले साउदी क्लब आउने निर्णय गरेका थिए । ३९ वर्षका रोनाल्डोले पहिलो हाफमा गरेको गोल अफसाईड भएको थियो ।

जित सहित अल नासर ५६ अंक सहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । अल हिलाल ६५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । अल अहली ४७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर