३ चौत्र, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा खर्च गर्नु न्यायोचित नभएको भन्दै उनिहरुले विद्यार्थीकै लागिमात्र सो रकम खर्च गरिनु पर्ने माग गरेका छन् ।
८ बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम रकमान्तर गरेर प्रसासनमा खर्च गरेपनि हालसम्म त्यस बिषयलाई क्याम्पसले गुपचुप बनाएको उनिहरुको आरोप छ । को को बसेर, कुन शिर्षकमा र के आधारमा विद्यार्थी कल्याण कोषको रकम अन्य शिर्षकमा चलाईयो ? के के निर्णहरु छन् तुरुन्त सर्वजनिक गरियोस भनेर उनिहरुले ३ दिने अल्टिमेटम सहितको विज्ञप्ति क्याम्पसलाई बुझाएका छन् ।
विज्ञप्तिमा दकम क्याम्पसमा अराजकता बढेको, त्यसलाई रोक्न स्ववियू र क्याम्पस प्रसासनले कुनै पहल नगरेको पनि आरोप लगाईएको छ ।
विज्ञप्ति दिदैँ अनेरास्ववियुका केन्द्रिय सदस्य नितेश राईले भनेः ‘विद्यार्थी कल्याण कोषको रकम विभिन्न वाहानामा खर्च भयो, क्याम्पस प्रसासन यो सामान्य हो भन्नुहुन्छ, के भोली क्याम्पसमा समस्या आयो, विद्यार्थीलाई समस्या भयो भनेर प्राध्यापक कल्याण कोषको रकम खर्च गर्न मिल्छ ? कर्मचारी संञ्चय कोषको रकम खर्च गर्न मिल्छ ? की मिल्दैन ? आज विद्यार्थीको नामको पौसा विभिन्न वाहानामा खर्च गरेर विद्यार्थीमाथी अन्याय भएको छ ।’
सो विज्ञप्ति स्ववियूलाई बुझाउन जादा भने स्ववियूका पदाधीकारीहरु भागेको उनिहरुले बताए । कल सम्पर्क गर्न खोज्दा पनि फोन नउठाएको अनेरास्ववियु दमक क्याम्पसका अध्यक्ष भिजन चेम्जोङले बताए । ‘क्याम्पसमा भएको अनियमीतता र विद्यार्थीको समस्या बोकेर स्ववियु कार्यलय जादा साथीहरु ताला लाएर भाग्नुभयो यो अत्यन्तै गौरजिम्मेवारी र लापरवाहीपन हो’-अध्यक्ष चेम्जोङले भने ।
क्याम्पसमा राजिनितिक दलहरु हावि हुन खोजेको र यो राम्रो नभएको क्याम्पस ईन्चार्ज अबिश खनालले बताए । यि विद्यार्थीका मागहरु आउदो ३ दिन भित्रमा क्यासपले छलफलको माध्यमबाट टुंगोमा लगाउन उनले आग्रह गरे । अन्यथा क्याम्पसले बेवास्था गरे शशक्त आन्दोलनको तयारीमा लाग्ने ईन्चार्ज खनालले बताए ।