प्रधानमन्त्रीले गलहत्याएर कांग्रेसलाई फ्याँके जस्तो अवस्थामा ‘रास्वपा’ नपुग्ने

प्रधानमन्त्रीले गलहत्याएर कांग्रेसलाई फ्याँके जस्तो अवस्थामा ‘रास्वपा’ नपुग्ने

११ चैत, चितवन । गृहमन्त्री रवी लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि आफूले चालेको कदम नरोक्ने बताएका छन् । जतिसुकै ठूला माछा भएपनि जनताले कारबाही गर्ने म्याण्डेट दिएर पठाएको उनले बताए ।

लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको बताए ।

होली मनाउन चितवन आइपुगेका रविले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए । सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने उनको प्रतिवद्धता छ ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने दोहोर्‍याए । जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनको भनाइ छ । सरकारी अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर