सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन- गृहमन्त्री लामिछाने

१४ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए । ‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ,..

सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१४ चैत ।  सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आर्थिक वर्ष २०७८र७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको उजुरी परेको थियो..

ईटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

१४ चैत, सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी– ५ का ३७ वर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो..

बुद्धशान्तिबाट ब्राउन सुगरसहित २ जना पक्राउ

१४ चैत, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ वर्षीय श्याम सुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको..

मजदुर कुटिएको विरोधमा गोरखामा यातायात बन्द

१४ चैत, गोरखा । यातायात मजदुर कुटिएको विरोधमा गोरखामा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका छन् । आइतबार फागु फूर्णिमाको दिन ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि गोरखा नगरपालिका–७ धारापानीमा स्थानीय युवाले कुटपिट गरेका थिए । कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग गर्दै मजदुरहरुले बुधबार बिहानदेखि यातायात बन्द गराएका हुन् । बन्दका कारण जिल्लाभित्रै चल्ने र जिल्लाबाहिर जाने सार्वजनिक यातायात चलेका छैनन् । धारापानीका हरि..

अदुवा खेतीले इलामका किसानको जीवनस्तरमा परिवर्तन ल्याउँदै

१४ चैत, फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे । अदुवा (बच्चा) प्रतिमन..

मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित

१४ चैत । पोर्चुगल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ। स्टोजिस स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गरेको हो। यस खेलमा पोर्चुगलका कप्तना क्रिस्टियानो रोनाल्डो मैदान उत्रिएका थिए। यद्यपि, ब्रुनो फर्नानडेजसहितका केही खेलाडीलाई आराम दिइएको थियो। स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले १र१ गोल गरे। ७२औँ मिटमा नेज्डाले गोल गर्दै स्लोभेनियालाई शुरूआती अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा म्याक्स एल्सनिकले गोल गरेपछि..

मन्त्रालयले माग्यो क्यान र एन्फाको कागजात

१४ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)का कागजातहरूको प्रतिलिपी उपलब्ध गराइदिन पत्र काटेको छ। मन्त्रालयले मंगलबार दुई संघको कागजात उपलब्ध गराइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई उक्त पत्र काटेको हो। क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आम जनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा बिदितै छ। उक्त खेलहरूको विकासको लागि..

उत्तरपुस्तिका हराएकोप्रति अखिल क्रान्तिकारीको आपत्ति

१४ चैत । त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका हराएकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय पहिलो वर्षको जनसङ्ख्या विषयको उत्तर पुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुले हराएको घटनाप्रति अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विद्यार्थीको सुनौलो भविष्यमाथि खेलबाड गर्नेलाई अखिल क्रान्तिकारी नछोड्ने चेतावनी समेत दिएको छ। क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदिप भट्टले एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा छानबिन गर्न माग गरेका छन्। विद्यार्थीको उत्तर..

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा

१४ चैत । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् । उनले भनिन, ‘छोरी गोवामै रहेछ । एक विदेशी केटीले फोटो..