मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित

मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित

१४ चैत । पोर्चुगल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ।

स्टोजिस स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गरेको हो।

यस खेलमा पोर्चुगलका कप्तना क्रिस्टियानो रोनाल्डो मैदान उत्रिएका थिए। यद्यपि, ब्रुनो फर्नानडेजसहितका केही खेलाडीलाई आराम दिइएको थियो।

स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले १र१ गोल गरे। ७२औँ मिटमा नेज्डाले गोल गर्दै स्लोभेनियालाई शुरूआती अग्रता दिलाएका थिए।

८०औँ मिनेटमा म्याक्स एल्सनिकले गोल गरेपछि स्लोभेनिया २–० ले विजयी भयो।

प्रतिक्रिया:

सम्बन्धित खवर