विपद् न्यूनीकरण प्राधिकरण भन्छः ताप्लेजुङका २५ घर उच्च जोखिममा, २५ पूर्ण क्षति

१२ असार, ताप्लेजुङ । मनसुनको सुरुआतमै आएको बाढीपहिरोमा परी ठूलो क्षति व्यहोरेको ताप्लेजुङको विपद् असरबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रिपोर्ट सार्वजनिक गरेको छ । प्राधिकरणले असार १० गते तयार पारेको उक्त रिपोर्ट अनुसार ताप्लेजुङमा अझै पनि २५ घर उच्च जोखिममा र ७१ घर जोखिममा छन् । रिपोर्टका अनुसार ताप्लेजुङले जेठ २२ गतेबाटै विभिन्न वर्षाजन्य विपद् व्यहोर्न सुरु गरेको थियो । मनसुनको सुरुआतमै ताप्लेजुङमा बाढीपहिरोबाट ५ जनाले ज्यान..

एमाले उपाध्यक्ष विष्णु पौडेल चढेको जहाज अवतरण गर्न नसकी काठमाडौं फर्कियो

१२ असार, काठमाण्डौँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ । योजना आयोगका अनुसार जहाजमा आयोग टोली थियो । बुद्ध एयरको ‘यू४–८८१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकी काठमाडौं फर्किंदा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले उल्लेख गरेको छ ।..

झापामा रगतको अभाव

१२ असार, झापा । वर्खायामसँगै झापामा रगतको अभाव सुरु भएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिए । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मृगौलाका विरामीलाई डाइलोसिस गर्दा अनिवार्य रगतको आवश्यक पर्ने भएकाले खपत समेत बढेको छ । खपत बढेपछि रगतको हाहाकार जत्तिकै भइरहेको उनले बताए । रेडक्रस झापा शाखासँग हाल आफ्नो स्टकमा एक सय युनिट रगत मात्र रहेको इन्चार्ज दाहालले बताएका छन्..

दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सार्दै झापा गाँउपलिका

१२ असार, झापा । झापाको झापा गाउँपालिकाले दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सारेको छ । चालू आर्थिक वर्षको हालसम्म १ करोड ५५ लाख रुपैयाँ मात्र आन्तरिक राजश्व संकलन गरेको झापा गाउँपालिकाले सोमवार ४९ करोड ९० लाख रुपैयाँको बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, त्यस्तै प्रदेश सरकारको बित्तीय समानीकरण अनुदानर राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम सहित गाउँपालिकाले बजेट सार्बजनिक..

पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिदैन, मेरो उम्मेद्धवारी हुन्छः झलनाथ खनाल

१२ असार, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन नरोकिने र आफू अध्यक्षको उम्मेदवार बन्ने बताएका हुन् । अहिले पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेकाले आफू नेतृत्वमा आउन चाहेको उनले बताए । नेकपा..

विराटनगर जलमग्नः ६ सय भन्दा धेरै घर डुवानमा

१२ असार, विराटनगर । लगातारको वर्षाका कारण विराटनगर जलमग्न भएको छ । मङ्गलवार बिहानदेखि विराटनगरमा पानी परिरहेको छ । मंगलबार दिउँसो विराटनगरमा पानी रहे पनि रातीबाट लगातार पानी परिरहेको छ । पानीका कारण विराटनगरका विभिन्न टोल डुबेको छ । पानीको निकास थुनिएका कारण धरान विराटनगर सडक खण्डको ढाटमा सडकबाटै पानी बगेको छ । आयल निगम क्षेत्र डुबानमा छ । विराटनगरको रानी क्षेत्रमा पनि घरहरू डुबेका छन् । जिल्ला प्रहरी कार्यालयका..

राहत माग्दै आरती रावल झण्डामाथि चढेपछि…

११ असार, काठमाण्डौँ । पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले आज माइतीघरमा रहेको झण्डामाथि उक्लिएर प्रहरीलाई हैरानी दिएकी छन् । घटना दिउँसो साढे दुई बजेतिरको हो । श्रीमानले आफूमाथि बलात्कार गरेको भनेर लामो समयदेखि कानूनी लडाईं लडिरहेकी आरतीले अदालतबाट मुद्दा जितिसकेकी छन् । उनका श्रीमानलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । त्यसयता आरतीले सरकारबाट राहत तथा क्षतिपूर्तिको माग राखेर संघर्षलाई निरन्तरता दिँदै आएकी छन् । आज दिउँसो..

यातायात कार्यालय झापाले ११ महिनामा ८५ करोड ७५ लाख राजस्व सङ्कलन गर्यो

११ असार, झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार सात सय..

कोशी प्रदेश सरकार विरुद्धको केदार कार्कीको रिट खारेज

११ असार, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार..

चुलाचुली ६ को सार्वजनिक सुनुवाई कार्यक्रम रमितेमा सम्पन्न

११ असार, इलाम । चुलाचुली गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाई कार्यक्रम रमिते (साकफारा)मा सोमबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा ६ नं. वडा सम्पर्क कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । चुलाचुली गाउँपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा ४० जना बढीको उपस्थिति थियो । कार्यक्रममा ६ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए..