समाज

सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो प्रतिवेदन २६ जना अझै फरार
असार १७, ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। ६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ। प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्। सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई..

चिनियाँ नागरिक भेटिए मृत l
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनी असार १० गते देखि क्यान्सरको उपचार गराइरहेका थिए। आइतबार बिहान ९ बजेतिर उनी कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएको रिजालले बताए। ‘विदेशी नागरिक भएकाले अहिले हामीले सम्बन्धित दूतावाससँग समन्वय..

एसइई फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या l
एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसइई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् । उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले..

एसईईको मौका परिक्षा साउन १८ र १९ गते हुने
१३ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक..

माङसेबुङ गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गरिने
१३ असार, इलाम । माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१।८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ । गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व. २०८१।८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ–‘सबैलाई सुलभ स्वास्थ्य सेवा’ भन्ने मूल लक्ष्यका..

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण (रिजल्ट हेर्ने तरीका सहित)
१३ असार, काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको बताए । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख..

पर्यटन प्रवद्र्धनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी
१२ असार, इलाम । इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी गरिएको छ । खानाका माध्यमबाट इलाममा पर्यटक आकर्षित गर्न इलाम बजारको होटल रेडरोजमा सम्पन्न प्रर्दशनीमा विभिन्न जातजातिका मौलिक र रैथाने खानाका १४ स्टल रहको मेची पहाडी पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए । होटल एसोसिएन इलाम र नगर पर्यटन विकास समितिको आयोजना तथा उद्योग वाणिज्य संघ, महिला उद्यमी लगायत संघसंस्थाको सहआयोजना रहेको कार्यक्रमलाई पर्यटन कार्यालय झापा , इलाम..

गोर्खा मिडियाका नाममा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने छानबिन समितीको निर्णय
१२ असार, काठमाण्डौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो । समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ मा रहेका आइडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि., सहारा बचत तथा..

जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ जना बिरामी
१२ असार, मकवानपुर । जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् । कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले..

एसईईको नतिजा भेली बिहान ९ बजे सार्वजनिक गरिने
१२ असार, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।