समाज

खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन
२ आश्विन, सोलुखुम्ब । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन भएको छ । विगत एक बर्ष देखि क्यान्सर रोगबाट पिडित शेर्पाको आज बिहान आफ्नौ घरमा निधन भएको हो । पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । पछिल्लो केही समययता हलचल समेत गर्न नसक्ने अवस्थामा पुगेपछि शेर्पालाई घरमा ल्याइएको परिवार स्रोतले बताएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराईरहेका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि..

विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काउन सर्वोच्चको आदेश
२ आश्विन, काठमाण्डौँ । सर्वाेच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश दिएको हो । करारको अवधि नपुगी फर्किनुपर्ने, गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाई टिकट..

धनकुटाकी मृगौला पिडीत लक्ष्मी वर्देवालाई आर्थिक सहयोग
२ आश्विन, धनकुटा । दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेकी धनकुटा–१ हिलेकी मृगौला पीडित एक किशोरीलाई मंलवार आर्थिक सहयोग प्रदान गरिएको छ । धनकुटा–१ हिले स्थायी घर भई हाल युके आर्मीमा कार्यरत श्यामसुन्दर योञ्जन तामाङ्ग, सुवास मोक्तान, दिपेन गुरुङ्ग र सुजन मोक्तान लगायतको पहलमा रु २ लाख ६० हजार रुपैँया जम्मागरी मृगौला पीडित २१ वर्षकी लक्ष्मी वर्देवालाई सहयोग स्वरुप प्रदान गरिएको हो । सहयोग रकम धनकुटा..

दमकका क्रियशिल पत्रकारहरुलाई मास्क वितरण
१ अश्विन, झापा । दमकका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य शुरक्षका लागि मास्क वितरण गरिएको छ । प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी र पूर्वप्रेस संयोजक चेतन अधिकारीद्धारा पत्रकारहरुलाई १०० थान एन ९५ मास्क पत्रकार मञ्च दमक मार्फत वितरण गरिएको हो । त्यस्तै स्थानीय व्यवसायी दयासागर आचार्य र सुमन काफ्लेद्धारा दुई सय थान सर्जिकल माक्स र ९ थान एन ९५ मास्क मञ्चलाई प्रदान गरिएको छ । क्रियाशील पत्रकारहरुलाई कोरोनाको संक्रमणबाट..

ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति खारेज गर्ने सरकारको निर्णय
१ आश्विन, काठमाण्डौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति सरकारले खारेज गरिदिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उपप्रधानमन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरिदिएको हो । स्रोतका अनुसार समितिले गर्दै आएका कामहरुको जिम्मेवारी अव कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई दिने निर्णय भएको छ । त्यसो त गत फाल्गुन तेस्रो साता उपप्रधामन्त्री पोखरेलको नेतृत्वमा बनेको समितिले गरेका निर्णयहरु..

जति लड्ने हो यो पुस्ता लड्छ मुलुक बन्छ– प्रधानमन्त्री ओली
१ आश्विन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उहाँले ढुक्क रहन आग्रह समेत गर्नुभएको छ । आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो..

पर्वतको कुस्मामा पहिरोः आठ जनाको शव फेला, एक जना अझै वेपत्ता
३२ जेष्ठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालवारीमा गएको पहिरोमा परेर पुरिएका ८ जनाको शव फेला परेको छ । एक जना भने अझै बेपत्ता छन् । हिजो साँझ ८ बजे भीषण वर्षासँगै आएको पहिरोले ढकालवारी गाउँका दुई घरका ९ जना पुरिएका थिए । अहिलेसम्म ५८ वर्षिय तुलवहादुर थापा, ५७ वर्षिय मीनाकुमारी थापा, ३४ वर्षिय दिर्पा थापा, १४ वर्षिय विवेक थापा, ४ वर्षिय विविसा थापा र ११ वर्षिय सम्राट थापाको..

सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु
३२ जेष्ठ, नवलपरासी । जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो । गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै..

करिब ६ घण्टा पछि इनरुवा बजारको आगलागी नियन्त्रणमा, क्षतीको विवरण आउन बाँकी
३२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवामा विहान ५ बजे देखी सुरुभएको आगलागी करिब ६ घण्टाको पछि नियन्त्रणमा आएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । तर, भवनभित्र अझै धुँवा आइरहेकोले दमकलसहित सुरक्षाकर्मीहरु आगलागीस्थलमा नै रहेको पनि उहाँले बताउनुभयो । उनका अनुसार २ वटा घर आगलागीबाट क्षति पुगेको छ । तर, क्षतिको पुर्ण विवरण आउन भने समय लाग्ने एसपी थापाले बताए..

गुल्मीमा एक जना कोरोना संक्रमितको मृत्यु, सुदूरपश्चिममा थप ६४ संक्रमित थपिए
३२ जेष्ठ, काठमाण्डौँ । गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्काेट गाउँपालिकाका ३६ वर्षीय पुरुषको हिजो राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो । मृतक व्यक्तिमा जेष्ठ १२ कोरोना सङ्क्रमण पुष्टि भएसँगै रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी विगत २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए । केही दिनअघिदेखि उहाँको स्वास्थ्य अवस्था..