खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन

खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन

२ आश्विन, सोलुखुम्ब । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन भएको छ । विगत एक बर्ष देखि क्यान्सर रोगबाट पिडित शेर्पाको आज बिहान आफ्नौ घरमा निधन भएको हो ।

पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । पछिल्लो केही समययता हलचल समेत गर्न नसक्ने अवस्थामा पुगेपछि शेर्पालाई घरमा ल्याइएको परिवार स्रोतले बताएको छ ।

काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराईरहेका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जन्मस्थल लुक्ला ल्याएको थियो ।

ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो । स्वास्थ्य अवस्थामा सुधार आउने अवस्था नदेखिएपछि चिकित्सकले नै घर लैजान सुझाव दिएका थिए ।

रोगले गाँज्दै लगेपछि शेर्पा थप उपचारका लागि दश महिना पहिले भारतको मेतान्द अस्पतालमा समेत भर्ना हुनुभएको थियो । त्यहाँ उहाँको दुई महिनासम्म रेडियो थेरापी गरिएको थियो । त्यसपछि काठमाडौँ फर्किएर शेर्पाले ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको थियो ।

३९ वर्षिय शेर्पा खुम्बुक्षेत्रका नागरीक र शेर्पा समूदाय माझ निकै लोकप्रिय हुनुहुन्थ्यो ।

उहाँ तत्कालिन नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270