अवैध सालको काठ सहित इलामको जीतपुरबाट एक जना पक्राउ

१० असार, इलाम । इलामको देउमाई नगरपालिका वडा नं. ९ जीतपुरबाट अवैध सालको काठ सहित एक जना पक्राउ परेका छन् । अवैध काठ तस्करी गरेर लुकाउदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ३७ बर्षिय सन्तोष गिरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई १८४.३४ क्युफिट सालको अवैध काठ लुकाउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मंगलवारेको टोलीले पक्राउ गरेको हो । बुधबार विहान ३ बजेको समयमा इलाम नगरपालिका–११..

‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’

१० असार, काठमाण्डौँ । कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै गयो भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्मको अवधिमा नेपालमा एक हजार दुई सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या..

प्रदेश–१ का २ सय ८५ जना कोरोना मुक्त

९ असार, विराटनगर । प्रदेश–१ मा कोरोना जितेर घर फर्कनको संख्या २ सय ८५ पुगेको छ । आज धरानबाट थप २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो । आज झापाका ४, मोरङका १८ र सुनसरीका ५ जना धरानबाट डिस्चार्ज भएका हुन् । यता देशभरमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य..

झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना पुष्टि

९ असार, झापा । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार झापामा आज संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट आएकी हुन् । उनीहरु सबै जना आ–आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमित हुनेमा..

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मृत्यु हुनेको संख्या २४ पुग्यो

९ असार, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९..

देशभर मनसुनी वायुको बढ्दो प्रभाव, वाढी–पहिरोको जोखिमबाट सचेत रहन महाशाखाको आग्रह

९ असार, काठमाण्डौँ । देशभर मनसुनी वायुको बढ्दो प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम स्तरको वर्षाको..

माई नगरपालिकाकी नसा रोगी पौडेललाई आर्थिक सहयोग

८ असार, इलाम । इलामको माई नगरपालिका–१ कि नसा रोगी डिल्लिमाया पौडेललाई विदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । स्थानिय युवा बिरु लिम्बुको अगुवाइमा कतारमा कार्यरत लोचन कटेल र साइप्रसमा कार्यरत दोमना लिम्बुबाट १७ हजार ११ रुपैया पौडेलको उपचारको लागि हस्तान्तरण गरिएको हो । पैडेल विगत नौ महिना देखी नसाको रोगका कारण घरमा नै थलिएर बसेकी छिन् । उनको हात खुट्टा र कम्मर देखि उदो चल्दैन । आर्थिक समस्याका..

कोरोना कहरः आर्थिक व्यवस्था डामाडोल, पर्यटन र शिक्षा क्षेत्र चौपट

८ असार, काठमाण्डौँ । कोरोना महामारीका कारण विश्वमा लाखौंको रोजगारी गुमेको छ । नेपालको संर्दभमा विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु धेरै प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब नै पाएका छैनन् । कतिपयको रोजगारी नै गुमेको छ । पर्यटन व्यवसायको कारोवार पनि फाल्गुन महिना यता शुन्य जस्तै छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौं मानिसको रोजगारी गुमेको..

विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित

७ असार, काठमाण्डौँ । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ । आज समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालको फरक मतका बावजुदपनि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विद्येयक..

गर्मी वढे सँगै तराईमा सर्पदंशका बिरामी बढ्न थाले

७ असार, काठमाण्डौँ । गर्मी र वर्षाको मौसम सुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्यांकले सर्पदंशका बिरामी बढेको देखाएको छ । उपचार केन्द्रमा गत चैत्र महिनामा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाख महिनामा ४४ को उपचार भएको थियो तर जेष्ठ महिनामा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको छ । असारको ६ दिनमै..