१० असार, इलाम । इलामको देउमाई नगरपालिका वडा नं. ९ जीतपुरबाट अवैध सालको काठ सहित एक जना पक्राउ परेका छन् । अवैध काठ तस्करी गरेर लुकाउदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३७ बर्षिय सन्तोष गिरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई १८४.३४ क्युफिट सालको अवैध काठ लुकाउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मंगलवारेको टोलीले पक्राउ गरेको हो ।
बुधबार विहान ३ बजेको समयमा इलाम नगरपालिका–११ सोयाक जंगलबाट सखुवाको रुख काटी चिरान गरी को १ त १२७ र मे १ त ४१८८ नं को ट्याक्टरमा लोड गरी ल्याउदै गरेको गोप्य सुचना पाएपछि प्रहरी निरिक्षक राजकिशोर शाह तेलीको नेतृत्वको प्रहरी खटिएको थियो ।
उक्त टोलीले गोलिया ओसार्न प्रयोग गरिएको ट्रयाक्टर र गिरीलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय इलाममा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।