समाज

श्रीलंका, कोरिया र इजिप्टका लागि राजदूत सिफारिस
२३ मंसिर, काठमाण्डौँ । सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको बताईएको छ ।

मोरङको मिक्लाजुङमा विप्लव समूहद्धारा शिक्षकको हत्या
२३ मंसिर, मोरङ । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ । ‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा आज बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले उल्लेख गरेको छ । ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ । मक्लाजुङ गाउँपालिका–१ का वडा अध्यक्ष..

मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढ्यो
२३ मंसिर, खोटाङ्ग । मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढेको छ । नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा भएसँगै यस क्षेत्रमा राज्यको चासो बढेको हो । पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा सङ्खुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा परेपछि स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् । प्राकृतिक सुन्दरताले भरिएको ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो..

लाइसेन्स नवीकरणको समय थप, मंसिर समान्तसम्म जरिवाना नलाग्ने
२३ मंसिर, काठमाण्डौँ । मंसिर समान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालयले एक सुचना जारी गर्दे मन्त्रिपरिषद्को निर्णय अनुसार लाइसेन्स नवीकरणमा लाग्ने जरिवाना मंसिर मसान्तसम्म छुट भएको सूचना सार्वजनिक गरेको छ । यसअघि कोरोना संक्रमणका कारण लकडाउन भएपछि भाद्र मसान्तसम्म नवीकरण गर्न सकिने सूचना जारी गरिएको थियो । तर, भाद्र मसान्तसम्म पनि लकडाउन..

आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै
२३ मंसिर, काठमाण्डौँ । देश अहिले कोरोना महामारीले आक्रान्त छ । महामारीका बीच देशमा भएको राजनीतिक परिवर्तनमाथि चुनौती थपिएको छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई उल्टाउने गरी सडकमा प्रदर्शनहरु हुन थालेका छन् । शुरुमा केही व्यक्तिहरु सडकमा ओर्लिएकोमा विस्तारै संगठित रुपमा राजावादीहरुको प्रदर्शन हुन थालेको छ । विभिन्न संस्थाका नाममा सडकमा ब्यानरसहित दिनहुँ प्रदर्शन हुँदै आएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, चितवन, धनगढीका अलावा काठमाडौंमा पनि उनीहरुले शक्ति..

सगरमाथाको नयाँ उचाई भोली सार्वजनिक गरिदैँ
२२ मंसिर, काठमाण्डौँ । भोली (मंगलबार) नेपाल र चीन दुवै देशले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार भोली नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको हो । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो । स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै..

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ निर्माण गर्न १२ कम्पनी ईच्छुक
२२ मंसिर, काठमाण्डौँ । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीले प्रस्ताव पेश गरेका छन् । आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीय मुलुकका निर्माण कम्पनीले प्रस्तावना पेश गरेको सिंञ्चाइ विभागले जनाएको छ । अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ । सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक..

इलामको रोङ गाउँपालिकामा साईकल ट्रेलको सम्भाव्यता अध्ययन
२१ मंसिर, इलाम । इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिकाले साईकल ट्रेलको सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाले २९ किलोमिटर ट्रेलको सम्भाव्यता अध्ययनलाई अघि बढाएको हो । गाउँपालिकाका प्रवक्ता मणीकुमार स्याङ्बोका अनुसार वडा नं ३ को हाँसपोखरी देखि वडा नं ६ को पाटापुरसम्म साइकल ट्रेल बनाइनेछ । हाँसपोखरी र हर्कटेबाट भूमापन डाँडो, ब्रिटिसटार, गिद्धे भिर, डोल गैरी, हल्लने ढुङ्गा, रमिते डाँडा, झण्डी डाँडा आलुबारी गुर्धुमडाँडा, फिरफिरे डाँडा भिमसेन ढुङ्गा सिद्धि..

नेपाल सरकारको परराष्ट्र नीति सार्वजनिक
२१ मंसिर, काठमाण्डौँ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोेजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नुभएको हो । नीतिमा छिमेकी लगायत सबै मित्रराष्ट्रसँग नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उल्लेख छ । छिमेकी राष्ट्रहरुसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम राखिने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने, सीमाको सुरक्षा तथा व्यवस्थापन गरिने,..

प्रदेश–१ सुरक्षा समन्वय समिती बैठक सम्पन्न, सीमा अपराधमा गम्भीर बन्ने
२१ मंसिर, विराटनगर । प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरको आयोजनामा शनिबार अन्तर जिल्ला सुरक्षा समन्वय सम्वन्धी सम्पन्न बैठकले सीमा अपराधमा गम्भीर बन्ने निर्णय गरेको छ । बैठकले सीमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढङ्गले अगाडी बढ्ने र सीमा क्षेत्रहरुमा हुने गैर कानुनी क्रियाकलापहरूलाई तीन वटै जिल्लाहरूको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने विषयहरुमा सहभागीहरु बिच छलफल भएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारीहरु १ नं प्रदेश..