आज शहीद दिवस मनाइदैं

१६ माघ, काठमाण्डौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ..

आज देशभर २८ हजार बढिले कोरोना विरुद्धको खोप लगाए

१४ माघ, काठमाण्डौँ । आज देशभर २८ हजार बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो दिन आज २८ हजार ७ सय ३२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गदै हालसम्म प्रदेश–१ मा ३ हजार ८ सय ४७ जना, प्रदेश–२ मा २ हजार १ सय ७४, बागमती प्रदेशमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार..

दमक क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच विद्यार्थी संगठनद्धारा तालाबन्दी

१४ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दे मासिक शुल्क फिर्ताको माग गरेका हुन् । कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको..

झापामा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु

१४ माघ, झापा । झापाको भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । दमक २ स्थित कोभिड उपचार केन्द्रमा एक कार्यक्रम गरि खोप दिन सुरू गरिएको स्वास्थ्य शाखाले जनाएको छ । खोप अभियानको राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले शुभारम्भ गर्नुभयो । दमकमा पहिलो खोप दमकस्थित आम्दा अस्पतालका पूर्व सुपरीटेन्डेन्ट डा. नबिन ढकाललाई खोप दिईएको थियो । त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ..

प्रधानमन्त्री ओलीद्धारा कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ

१४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ । खोप अभियान शुभारम्भलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको लडाईमा विगतमा अपनाइएका विधिहरु अझै कायम राख्न आग्रह गर्नुहुँदै उहाँले अबको तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भूगोल र सीमाभन्दा बाहिर गएर मानव जातीको बचाउका लागि खोज अध्ययन..

चिसोका कारण मोरङको उर्लाबारीमा एक जनाको मृत्यु

१३ माघ, झापा । तराईमा केही दिन यता बढेको अत्यधिक चिसो र शितलहका कारण कठ्याङग्रियर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित नयाँ बजारमा आज बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–८ राजाबासका ५० वर्षीय नेप्टे शेर्पा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार हाल मृतकको परिवार सम्पर्कमा आएको र शव पोस्टमार्टमका लागि मङ्गलवारे अस्पतालमा राखिएको छ । मृतक लामो सयम देखी सो क्षेत्रमा मागी खादै..

दमक क्याम्पसमा अनेरास्ववियूको विरोध प्रर्दशन जारीः आज कालो मास्क लगाएर सरसफाई

११ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियूले आज पनि विरोध प्रर्दशन गरेको छ । कोरोना महामारीका कारण भएको कडाउन समयको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले आज विद्यार्थीहरुलाई कालो मास्क वितरण गर्दे सरसफाई गरेर रचनात्मक रुपमा शान्तीपूर्ण विरोध प्रर्दशन गरेको हो । मुख्यगरी कडाउन अवधीको मासिक शुल्क छुटको माग गर्दे अनेरास्ववियू दमक क्याम्पस कमिटीले गत पौष २६ गते क्याम्पस प्रसासनलाई प्रेस विज्ञप्ति वुझाएको थियो..

मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए

११ माघ, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिनुभएको छ । आज उहाँले मोडल जाङ्मु शेर्पासँग विवाह गर्नुभएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला राई र २४ वर्षकी बेहुली शेर्पा किराती परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो, त्यस्तै शेर्पाको घर संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा..

झापामा निर्वाचनको तयारी तिव्रः मतदान स्थल थप गर्ने निर्णय

१० माघ, झापा । झापामा मध्यावधि निर्वाचनको तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालय र मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति झापाले मध्यावधि निर्वाचनको तयारी थालेको हो । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मिति तोकेसँगै निर्वाचन आयोगले जिल्ला कार्यालयहरूलाई पुस १६ देखि नै कार्य तालिकासहित तयारीमा जुट्न पत्राचार गरिसकेको छ । सोही पत्राचार बमोजिम झापामा मध्यावधि निर्वाचनको तयारी थालिएको निर्वाचन कार्यालय झापाका प्रमुख..

शुल्क फिर्ताको माग गर्दै आज दोस्रो दिन पनि दमक क्याम्पसमा अनेरास्ववियूद्धारा प्रर्दशन

७ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज दोस्रो दिन पनि अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिम पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु हिजो देखी सुरु गरेको हो । अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति..