प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै मन्त्रीलाई कारवाही

१३ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो । यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए । सरकारको तर्फबाट..

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद र ६९ लाख जरिवाना

१३ साउन, काठमाण्डौँ । सर्वाेच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै..

नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै, तेस्रो मुलुकमा माग उच्च

१३ साउन, इलाम । कोरोना महामारीको संक्रमणपछि थलिएको नेपाली तयारी चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदैछ । यो वर्ष तेस्रो मुलुकमा तयारी चियाको माग उच्च रहेको व्यवसायीले बताएका छन् । लामो समययता अर्गानिक चिया उत्पादन गरेर विदेशमा बेचिरहेका जस्बिरेका व्यवसायी सरद सुब्बा यो वर्ष तयारी चियाको माग राम्रो आएको बताउँछन् । ‘यो साल विदेशी व्यापारीले पहिल्यै पैसा पठाएर चिया बुकिङ गरेका छन् । सुइरोबाट बन्ने चिया त मागअनुसार दिनै मुस्किल छ,’ सुब्बाले..

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे, इलाममा चार दशमवल दुई सय किलोमिटर ग्राभेल

१३ साउन, झापा । झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०।८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो । समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमवल तीन दुई किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् । झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमवल पाँच किलोमिटर सडक मर्मत,..

Girl missing after jumping into the Mahakali River

A teenage girl went missing after jumping into the Mahakali River on Saturday evening. According to District Police Office Darchula Police Inspector Gyanendra Bahadur Singh, 17-year-old Dhanisha Kunwar went missing in the Mahakali River in Ringne Lake area of Mahakali Municipality-4 of Darchula. Originally from Duhun Rural Municipality-4 Dara, she was staying in her sister's house at Mahakali Municipality-4, currently. The teenage girl was swept away by the swollen Mahakali River. The..

झापामा काटियो महसुल नबुझाउने ११ सय ग्राहकको लाइन

१३ साउन, झापा । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०।८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत जडान गरिएको बताउनुभयो । उहाँका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ । “विद्युत काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र..

उपेन्द्र यादव फिलिपिन्स जादैँ

१३ साउन, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । उनी प्रोग्रेसिभ एलायन्सको एसिया प्यासिफिक १५ औं वार्षिक सम्मेलनमा सहभागी हुन आज फिलिपिन्सको राजधानी मनिला पुग्दैछन् । एलायन्सको ब्रोडर कन्फरेन्समा सहभागी हुने यादवले ‘ग्लोबल क्राइसिस’ शीर्षकमा धारणा राख्ने बुझिएको छ । नेपालबाट राजनीतिक दलहरुमध्ये नेपाली काँग्रेस र जसपा नेपाल मात्र सो सम्मेलनमा सहभागी हुँदैछन् । उक्त एलायन्समा काँग्रेस पूर्णकालीन र जसपा सह–सदस्य छ ।..

चीनको काफल विश्वबजारमा छ्यापछ्याप्ति

१३ साउन, सिजीटिएन । विश्वका धेरैजसो मुलुकमा चिनियाँ कृषिदेखि औद्योगिक उत्पादनसम्म बिक्री हुँदै आएको छ । विभिन्न फलफूलझैँ काफल पनि चीनबाट सिंगापुर, क्यानडा, युएइसम्म पुग्ने गरेको छ । चिनियाँ समाचार संस्था सिजीटिएनका अनुसार चीनको पूर्वी प्रान्त चच्याङबाट पछिल्लो समय सयौं किलोग्राम काफल विदेश निर्यात हुने गरेको छ । प्रान्तको लिशुईबाट पोहोरको तुलनामा यो वर्ष दोब्बर काफल निर्यात भएको हो । पछिल्लो एक सातामा चीनबाट ती मुलुकमा सयौं किलोग्राम काफल जहाजबाट..

रोङ गाउँपालिकामा एक विद्यार्थी १ रुपैया कार्यक्रम, १९ लाख बढी रकम बचत

१३ साउन, इलाम । इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपैयाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । अध्यक्षसँग..

सिमलतालबाट हराएको बस भेटिएन, भारतीय उद्धार टोली आज फर्किने

१३ साउन, चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु सिमलतालबाट हराएको बस नभएको पुष्टि भएको छ । स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस होइन । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो..