प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै मन्त्रीलाई कारवाही

प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै मन्त्रीलाई कारवाही


१३ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।

आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो ।

यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए ।

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उनले बताइन् ।

संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर