सरकारमा गएपछि कांग्रेसभित्र विवादै विवाद

११ साउन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न एकमत भएको नेपाली कांग्रेसभित्र सरकारमा गएपछि विवाद बढेको छ । नेकपा एमालेसँग मिलेर संघीयदेखि प्रदेशसम्म सरकार सहभागी हुँदा सभापति शेरबहादुर देउवाले एकलौटी लादेको भन्दै इतर पक्षले भेला थालेपछि विवाद झांगिएको हो । संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले पाएको १० मध्ये ३ मन्त्रालय मात्रै पाएको इतर समूहले प्रदेश सरकार गठनको विषयमा आफूहरुसँग छलफल..

नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत

११ साउन, काठमाण्डौँ । नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत प्रदान गरेको छ । निर्माण व्यवसायीलाई अर्काे व्यवस्था नभएसम्मका लागि कालो सूचिमा नहालिने भएको छ । आर्थिक वर्ष २०८१।८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ । कुनै निर्माण व्यवसायी कालोसूचीमा परेमा जेभी भएर काम गरेको अर्काे निर्माण कम्पनी कालो सूचिमा नपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले..

लोकगायक जोशीप्रति मुख्यमन्त्री कार्कीद्धारा श्रद्धाञ्जली व्यक्त

११ साउन, झापा । लोकगायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘कान्छी मट्याङट्याङ्’लगायतका दर्जनबढी गीत चर्चित छन् । यस्तै अब्बल दर्जाका चित्रकार, कलाकार समेत रहेका जोशीको निधनमा नेपाली संगीत तथा कला क्षेत्रमा अपुरणीय क्षति भएको मुख्यमन्त्री कार्कीले सामाजिक संजालमा दुख..

झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद, ११ जना घाइते

११ साउन, झापा । झापाको बाह्रदशीमा ऐलानी जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ । झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका– ३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र..

काँकडभिट्टा नाकाबाट ८ करोड १० लाख बराबरको जडीबुटी निर्यात

११ साउन, झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०।८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयर लगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा रु चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको..

लोकगायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन

११ साउन, झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । वि.स. २०१३ सालमा रेडियो नेपालमा..

विमान दुर्घटनामा निधन भएकाको आफन्तले शव बुझ्न मानेनन्

११ साउन, काठमाण्डौँ । बुधबार काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए । मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र..

कोशीमा माओवादी मन्त्रीहरूले राजीनामा दिदैँ

११ साउन, विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट पनि माओवादीले बाहिरिने तयारी गरेको हो । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् । यस्तै वन्दना झाँगड पर्यटन बन तथा..

काँकरभिट्टा नाकाबाट २४ अर्ब ४० करोड बराबरको मालवस्तु निर्यात

१० साउन, झापा । पूर्वीनाका काँकरभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०।८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा..

झापामा करेन्ट लागेर एक किशोरको मृत्यु

१० साउन, झापा । करेन्ट लागेर झापाको कचनकवल गाउँपालिका –४ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलाराम साहका १५ वर्षीय छोरा विशालकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति पौने ९ बजे वडा नं ४ बस्ने साहको घरको बरण्डामा रहेको टिनको छानोमा विद्युत प्रवाह हुदाँ उनलाई करेन्ट लगेको थियो । उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानी लगेपनि उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले..