विशेष

प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा
१८ भदौ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको बताए । उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’ उनले कुनै उपाय छ..

याक्थुङ चुम्लुङ इलामद्धारा चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
१८ भदौ, इलाम । किरात याक्थुङ चुम्लुङ इलामले चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३६ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी विभिन्न तीन क्षेत्रको छात्रवृत्ति वितरण गरेको हो । चुम्लुङले स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न दिने रु १० हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति इलाम नगरपालिका-५ स्थित अमर माध्यमिक विद्यालय कक्षा-११ का सेसेहाङ लिम्बू जवेगूलाई..

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति कांग्रेस सांसद खतिवडाको आपत्ति
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे । एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् । सांसद खतिवडाले..

काँकरभिट्टा नाकाबाट १४ करोड ९३ लाखको खुदो बङ्गलादेश निर्यात
१७ भदौ, झापा । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०।८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । चालु आव २०८१।८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव..

आज भाद्र कृष्ण औंशी
१७ भदौ, काठमाण्डौँ । आज भाद्र कृष्ण औंशी । यस दिनलाई पिता दिवस अर्थात् बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यही दिनलाई गोकर्ण औंशी पनि भनिन्छ र आजकै दिन युवा कवि मोतीराम भट्टको जन्मजयन्ती पनि हो । वैदिक सनातन हिन्दू परम्परा अनुसार आजको दिन घर–घरमा कुश भित्र्याउनु पर्दछ । कुश पवित्रताको प्रतीक हो, जसको प्रयोग नगरी कुनै धार्मिक अनुष्ठानहरु प्रारम्भ नै गरिँदैन । वर्षभर विभिन्न अनुष्ठान, सांस्कृतिक तथा परम्परागत..

सुरेन्द्रलाई जोगाएका मनाङे र फणिन्द्र जोगिए
१७ भदौ, कास्की । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कायमै रहने भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनपछि बनेको सरकारमा पनि उनीहरूले निरन्तरता पाउने भएका छन् । एमालेले गण्डकीमा सरकारमा जाँदा फणीन्द्र र मनाङेलाई हटाउनुपर्ने अडान राखेको थियो । तर, कांग्रेसले हटाउन नचाहेपछि उनीहरूको पद जोगिएको हो । ती दुईले जेठ २८ गते विश्वासको मत दिँदा सुरेन्द्रराज पाण्डे..

कहाँ होलिन जेरुसा राई ?
१६ भदौ, काठमाण्डौँ । दुई वर्षअघि ६ असोज २०७९ को साँझ गायिका जेरुसा राई आमा इस्का घिमिरे राईसँगै खाना खाएर आफ्नो कोठातिर गएकी थिइन् । इस्कालाई बेलुकी टेलिभिजनमा समाचार हेर्ने बानी थियो, जेरुसा प्रायः आफ्नै कोठामा छिरेर ल्यापटपमा काम गरिरहन्थिन् । अरु बेला झैं त्यो दिन पनि सानेपास्थित घरमा आमा छोरी मात्रै थिए । इस्का सम्झन्छिन्, ‘सधैँ जस्तै आमाछोरी खाना खाएर आ–आफ्नो कोठातिर लागेका थियौं ।’ उनलाई लाग्यो – छोरी..

गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित
१६ भदौ, काठमाण्डौँ । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको हो । ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, बैठककाे निर्णयमा भनिएकाे छ..

पलेशाले जितिन पेरिस ओलम्पिकमा कांस्य: नेपाली खेलकुद इतिहासकै ठूलो पदक
१६ भदौ, काठमाण्डौँ । नेपाली खेलकुद इतिहासकै ठूलो नाम बनेकी छन् पलेशा गोवर्धन । पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो । ओलम्पिक संरचनामा नेपाली खेलाडीले पदक जित्नु धेरै टाढाको विषय थियो । त्यसमाथि पारा खेलाडीको हैसियतमा त झन् कठिनभन्दा कठिन । तर, ती सबै दायरा तोड्दै पलेशाले दोस्रो ओलम्पिक सहभागितामै देशलाई पदक दिलाएकी छन् । पेरिसस्थित ग्रान्ड..

मालपोत कार्यालय इलामले कित्ता–काट बाहेकका काम गर्ने
१६ भदौ, इलाम । मालपोत कार्यालय इलामले जिल्लाका आठ पालिकाको जग्गा कित्ताकाट रोकिएपनि ससिम (कित्ता नकाटी) गर्न सकिने काम चाहिँ गर्ने भएको छ । सरकारले ल्याएको भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार स्थानीय तहले काम नगर्दा भदौ १३ देखि मालपोतले जग्गाको कित्ताकाटदेखि सबैखाले काम रोकेको थियो । मालपोतको सूचनाअनुसार इलाम, माई नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ, चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाको जग्गाको कित्ता काट सँगै, दृष्टि बन्धक, अंशबन्डा पास, धितो बन्धकलगायत..