विशेष

दोस्रो क्वार्टर फाइनलमा आज एनआरटी र चर्च ब्वाइज भिड्दै
२२ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपको दोस्रो क्वार्टर फाइनल खेलमा आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ भिड्दैछन् । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम (एनआरटी) ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो । लिग लिडर चर्च ब्वाइज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ । एनआरटीलाई..

१२ वर्षीया बालिका बलात्कारको आरोपी ११ महिनापछि पक्राउ
२२ फागुन, सर्लाही । सर्लाहीमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१० का टेके सार्की रम्तेल छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधि ज्ञवालीका अनुसार सार्कीले ११ महिनाअघि ईश्वरपुरकै फुलजोर खोलामा एक बोल्न नसक्ने बालिकालाई बलात्कार गरेर फरार भएका थिए । उनीलाई सर्लाही प्रहरीको टोलीले ११ महिनापछि उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सार्कीले गएको वैशाखमा ती बालिकालाई बलात्कार..

लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तयार
२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निमन्त्रणमा अध्यक्ष ठाकुर र नेता शरतसिंह भण्डारी उनलाई भेट्न मंगलबार बिहान बालुवाटार पुगेका थिए । भण्डारी अघिल्लो सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । मन्त्रीकै हैसियतमा विदेशमा रहेका बेला उनलाई प्रधानमन्त्रीले पदबाट हटाएका थिए । भेटमा प्रधानमन्त्रीले सत्ता गठबन्धन र सरकारमा सामेल हुन आग्रह गरेको लोसपाका महामन्त्री डा. सुरेन्द्र..

महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा, च्यासल रंगशालमा महिला युथ एकेडेमी स्थापना गर्ने
२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव..

लामिटार सिंचाई योजनाको काम अलपत्र
२२ फागुन, इलाम । सिचाई डिभिजन कार्यलय इलामको योजना रहेको लमिटार सिचाई योजना अझै अलपत्र छ । रोङ गाउँपालिका ६ सबिक जिर्मले ९ लामिटार टोलका किसानले उपभोग गर्ने उद्देश्यले स्थानिय तह बन्नु भन्दा अगाडी ल्याएको योजना अझै सफल हुन सकेको छैन । सिँचाइ अलपत्र हुँदा स्थानिय बासिन्दाले सास्ति खेप्नुपरेको छ । खेतिकेसानीमा निर्भर रहेका त्यहाँका स्थानियहरु सिँचाइ योजना अलपत्र हुँदा दुखि छन् । लमिटार सिचाइ योजनाको कामले निरन्तर नपाउँदा स्थानिय..

छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा एपिएफ एफसी
२२ फागुन, बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने..

दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा भाटभटेनी
२२ फागुन, दमक । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो हो । झापाको व्यापारिक शहर दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ । स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक..

शक्ति बाँडफाँट गर्न ओली, रवि र उपेन्द्र बालुवाटारमा
२१ फागुन, काठमाडौँ । नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो । छलफलका लागि एमाले अध्यक्ष केपी शर्माओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । यसअघि मन्त्री बाँडफाँट लगायतका मुख्य शक्ति भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदलले भागबन्डाको खाका तयार पार्न जिम्मा दिएको थियो । जसमा एमालेका उपाध्यक्ष..

‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ’- प्रधानमन्त्री प्रचण्ड
२१ फागुन, काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’ माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले..

भक्तपुरमा स्कुटरसहित युवकको शव फेला
२१ फागुन, भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित राधेराधेमा युवकको शव भेटिएको छ । हनुमन्ते खोलामा स्कुटरसहित शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । मृतक इलामको इलाम नगरपालिका–३ घर भएर कोटेश्वर बस्ने २६ वर्षीय छत्र थापा हुन् । सोमबार बिहान शवसँगै बा.८६ प ९७३० नम्बरको स्कुटर फेला परेको छ । प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको आकलन गरिएको छ । शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ..