भक्तपुरमा स्कुटरसहित युवकको शव फेला

भक्तपुरमा स्कुटरसहित युवकको शव फेला

२१ फागुन, भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित राधेराधेमा युवकको शव भेटिएको छ । हनुमन्ते खोलामा स्कुटरसहित शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए ।

मृतक इलामको इलाम नगरपालिका–३ घर भएर कोटेश्वर बस्ने २६ वर्षीय छत्र थापा हुन् । सोमबार बिहान शवसँगै बा.८६ प ९७३० नम्बरको स्कुटर फेला परेको छ । प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको आकलन गरिएको छ ।

शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर