सालिनको बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’

२० फागुन, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’ १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । कक्षा ८..

प्रधानमन्त्री प्रचण्ड र ‘रास्वपा’का सभापति रवि लामिछानेबीच भेटवार्ता

२० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी गराए । दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैतभित्र बक्यौता चुक्ता गर्ने सहमति..

भैरहवामा ५० करोड लगानीमा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा

२० फागुन, बुटवल । रुपन्देहीको भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका–३ मा १० कठ्ठा क्षेत्रफलमा पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०४८ मा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ । हस्पिटालिटी क्षेत्रमा ३० वर्षको अनुभवसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत..

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबिच छलफल

२० फागुन, काठमाडौँ । संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । उनले आज बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य..

 इलाममा फागुन २७ देखि चैत २ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने

  २० फागुन, इलाम ।  इलाममा आगामी फागुन २७ देखि चैत २ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी खोप अभियान सञ्चालनको तयारी थालिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । इलाममा नौ महिनादेखि ५ वर्ष मुनिका १७ हजास सात सय २२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय इलामका कार्यालय प्रमुख आदित्य शाक्यले जानकारी दिए । खोप अभियानका लागि ९३ स्वास्थ्य संस्थामा..

आज विदेशी मुद्राको विनियमदर

२० फागुन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ । त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर..

छैटौं झापा गोल्डकपः आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै

२० फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपमा आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदैछ । डोमालाल रंगशालामा आज दिँउसो २ बजेपछि खेल सुरु हुनेछ । आजको बिजेता टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । बिजेता टोलीले सेमिफाइनल प्रवेशका लागि एनआरटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न..

कमल गाउँपालिकाबाट ३८ ग्राम ब्राउनसुगर सहित होटल संचालक प्रक्राउ

२० फागुन, झापा । होटलमा ब्राउनसुगर बिक्री गर्ने होटल संचालकसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिकाबाट प्रहरीले ब्राउनसुगरसहित दुईजना लागूऔषधका कारोबारीलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट ३८ ग्राम ब्राउनसुगर फेला परेको छ । हिजो साँझ ७।३० बजेको समयमा कमल ३ स्थित कृष्टिना होटलमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मारेको थियो । शंका लागेर होटलमा रहेका होटल साहु सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी..

शालिन पोखरेल मृत्यु प्रकरणको छानविन गर्न ओलीको माग

२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा शालिन पोखरेल मृत भेटिएको घटना अनुसन्धान गर्न माग गरेका छन्। शालिनको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले आफूलाई बेचैन बनाएको बताएका ओलीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्ने बताएका हुन्। ओलीले यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको भन्दै..

सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच पाँच बुँदे सहमति

२० फागुन, काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे..