झापामा दुर्लभ पोथी चित्तल फेला

२२ फागुन, झापा । झापाको हल्दिवारी –४ स्थित पाथिभरा सामुदायिक बनबाट निस्किएको दुर्लभ पोथी चित्तल स्थानीयले जिल्ला डिभिजन वन कार्यालयलाई बुझाएको छन् । आज विहान पाथिभरा वनबाट बाहिर निस्किएको चित्तललाई कुकुरले लखेट्दा स्थानीय एक परिवारको भान्सामा पसेको थियो । भान्सामा पसेको बेला समातेर प्रहरीको समेत सहयोगमा दुर्लभ पोथी चित्तल जिल्ला डिभिजन बन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई सकुशल बुझाइएको झापा प्रहरीले जनाएको छ ।  

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

२२ फागुन, काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई प्रमुख सचेतक बनाएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ । सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि  पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो । उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छाडे मन्त्री निवास

२२ फागुन, काठमाडौं । अघिल्लो गठबन्धनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किराँतीले मन्त्री निवास छाडेका छन् । मंगलबार मन्त्री निवासबाट बिदा भएको तस्वीर पोष्ट गर्दै किराँतीले भनेका छन्, ‘पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु ।’ उनले आफ्नी आमाको भनाइ उदृत गर्दै भनेका छन्, ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो ।’ ४१३ दिन मन्त्री पदमा बसेर देश..

टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

२२ फागुन, काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर ३ बल अगावै पुरा गर्याे । माइकल लेविटको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपालमाथि जित हासिल गरेको हो । लेविटले २९ बलमा ५४ रन बनाए । उनले ६ चौका र ३ छक्काको मदतले सो..

चार मन्त्रालयमा रास्वपाको दाबी, गृह नछाड्ने

२२ फागुन, काठमाडौं । नयाँ सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम चार मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिएका छन् । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताएका छन् । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनी बताउँछन् । एमालेको दाबी भए पनि गृह छाड्न नसक्ने बताउँदै उनले भने,..

इलाममा दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालियो- ‘निशान पदमार्ग’को विकास गरिने

२२ फागुन, इलाम । इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ । इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’का रूपमा..

प्रिति राईको सफल शल्यक्रिया, चाँडै मैदान फर्कने

२२ फागुन, काठमाडौं । राष्ट्रिय महिला टिमकी खेलाडी प्रिति राईको सफल शल्यक्रिया भएको छ । वाफ वुमन्स च्याम्पियनसिपको दौरान चोट बोकेकी प्रितिको बि एण्ड बि अस्पतालमा सफल शल्यक्रिया भएको हो । प्रतियोगिताको दौरान उनले दायाँ घुडाँमा चोट बोकेकी थिईन् । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै प्रितिको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताएको छ । उमेर समूह हुँदै राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएकी प्रिति सिनियर टिमकी महत्वपुर्ण सदस्य बनेकी छिन् । ..

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले गरे दुई मन्त्रीलाई बर्खास्त

२२ फागुन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन् । माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् । यसअघि गण्डकी..

त्रिकोणात्मक क्रिकेट सिरिज- फाइनल खेलमा नेपालद्वरा नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले । कप्तान रोहित पौडेलले २५ रन बनाउँदा..

धारिलो हतियार प्रहार गरी मोरङमा १५ बर्षिया बालिकाको हत्या

२२ फागुन, मोरङ । मोरङको पथरीशनिश्चरे-७ स्थित लामाटोलीमा गएराति १५ बर्षिया बालिकाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न जाँदा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए । मृतक राईको शव घर र शौचालयको बीचमा फेला..