विशेष

नोवेल टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थी झुन्डिएको अवस्थामा फेला
२७ फागुन, विराटनगर । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी कोठा भित्र झुन्डिएको अवस्थामा फेला परेका छन् । भारत विहार पुर्णिया घर भई विराटनगर ४ स्थित नोवेल हस्पिटल बाहिर डेरामा बस्दै आएका थिए । अन्दाजी २५ —२६ उमेरका आँसु सिह कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अन्तिम सेमेस्टरका विद्यार्थी आईतबार बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता एंवम डिएसपी रन्जन..

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द
२७ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो..

एकेडेमी सञ्चालनका लागि यु–१३ छात्र–छात्रा खेलाडीहरुको खुला छनौट हुँदै
२७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वर्ष २०८१ सालदेखि यु–१३ छात्र–छात्रा फुटबल एकेडेमी सञ्चालनका लागि खुला छनौट कार्यक्रम गर्ने भएको छ । छनौट कार्यक्रम कै लागि भनेर एन्फाले आफू मातहतको जिल्ला फुटबल संघ र प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ । एन्फाका अनुसार छनौट कार्यक्रम तीन चरणहरुमा हुनेछन् । पहिलो चरणको जिल्लास्तरीय छनौट आउँदो चैत्र १५ देखि २२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेशस्तरीय छनौट चैत्र..

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ- उपप्रमुख रमेश बुढाथोकी
२७ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ । भक्तपुरबाट एक दर्जन भन्दा बढी बेसबलका खेलाडी उत्पादन गर्ने राईजिङ्ग स्टार्स बेसबल क्लबको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले आगामी वर्षको बजेटमा खेल मैदानका लागि रकम विनियोजन तथा काम थालनी गर्ने बताउनुभएको हो । खेल मैदान सम्म्याउन तथा उक्त स्थानको माटो बालुवा व्यवस्थापनका लागि..

अमेरिका भ्रमण छाडेर गृह जिल्ला पुगिन् मन्त्री भगबती चौधरी
२७ फागुन, इटहरी । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्ला पुगेकी छिन् । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी..

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ
२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ । पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिए । पछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने नखुलेको एक नेताले बताए..

अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
२७ फागुन, चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए । डा. ज्ञवालीका अनुसार उनलाई एक प्रकारको..

झापा एमालेको अध्यक्षमा दुई जनाको दावेदारी
२७ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटी झापाको शनिवार बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । अधिवेशनमा ७ सय हाराहारी प्रतिनिधि हुने छन् । पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री अग्नी खरेलको प्रमुख आतिथ्यता रहेको बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।..

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच ‘सम्बन्ध सुधार’ भेटवार्ता
२७ फागुन, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’ भेटवार्ता भएको छ । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एउटै गठबन्धनमा सहभागी भइसकेपछि सम्बन्ध सुधार वार्ता भएको बताए । ‘विगतको समीक्षा भयो होला,’ उनले भने । तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल उत्रिएका थिए । ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास..

कराँत याक्थुङ चुम्लुङले आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने
२७ फागुन, इलाम । किराँत याक्थुङ चुम्लुङको राष्ट्रिय भेलाले ऐतिहासिक पृष्ठभूमिको आधारमा कोशी पूर्वका नौ जिल्लालाई आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । इलाममा भएको २५ औ चुम्लुङले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्षले अघि सारेको प्रदेशको नाम लिम्बुवान किराँत राख्न नसके आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश बनाउने प्रस्ताव पारित गरेको हो । भेलापछि सार्वजनिक गरिएको विज्ञप्तिमा ऐतिहासिक पृष्ठभूमि एवम् सम्बत १८३१ को लिम्बु..