नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते बिर्तामोडमा हुने

२६ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र..

इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा काका भतिजको मृत्यु

२६ फागुन, इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतकहरू काका भतिजा हुन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र..

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित

२६ फागुन । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल जम्मा १३९ रन बनाउँदा अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९..

अन्जन विष्ट बंगलादेशी क्लब फोर्टिस एफसीमा अनुबन्ध

  २६ फागुन । नेपाली राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट बंगलादेशी श्रीर्ष डिभिजनको क्लब फोर्टिस एफसीमा अनुबन्ध भएका छन् । अन्जनले अब बंगलादेशको श्रीर्ष श्रेणीको फुटबल लिग बंगलादेश प्रिमियर लिग खेल्नेछन् । नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जनलाई फोर्टिसले अनुबन्ध गरेको त्यहाँको अलनइन दी डेली स्टारले जनाएको छ । क्लबका म्यानेजर रसिदुल इस्लामले अन्जनलाई अनुबन्ध गरेको पुष्टि गर्दै उनको आगमनले क्लबको लागि फाइदा पुग्ने समेत बताएका छन्..

जितका लागि नेपाललाई २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट

२६ फागुन । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनायो । बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपछि हङकङले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको हो । हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए । हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन,  ऐजज खानले..

झापा गोल्डकपः आज आयोजक झापा ११ र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदै

२६ फागुन, बिर्तामोड । छैँठौ झापा गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । डोमालाल रंगशालामा आज दिउँसो ३ बजेपछि आयोजक झापा एघार र ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको बिजेता टिमले फाइनलमा एपिएफ क्लबको सामना गर्नेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७..

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

२६ फागुन, इलाम । मदन भण्डारी राजमार्गले भित्री मधेशका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी-पश्चिमी भेगलाई जोडिरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार २५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्यमात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ । सडक निर्माण..

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

२६ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो । स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा..

१३ वर्षीया बालिका बलात्कार गर्ने माङ्सेबुङका ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद

२६ फागुन, माङ्सेबुङ । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि..

च्याब्रुङ नाचले गुञ्जयमान बन्यो इलाम बजार

२६ फागुन, फिक्कल (इलाम):  हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको छ । किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जयमान बनेको हो । झण्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ नाच प्रस्तत गरेका थिए । च्याब्रुङ नाच हेर्न हजारौँ सहभागी भए । ठूलो टुँडीखेलको..