नेदरल्यान्ड्सका मिडफिल्डर डी जोङले युरोकप गुमाउने

२९ जेठ । नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डी जोङले युरोकप गुमाउने भएका छन्।

रोनाल्ड कोम्यानको टोलीले अन्तिम अभ्यास खेलमा आइसल्यान्डलाई ४–० ले हराएपछि डच फुटबल संघले बार्सिलोनाका स्टार जर्मनीमा हुने युरो कपमा उपलब्ध नहुने घोषणा गरेको हो।

डी जोङको घुँडामा चोट लागेको छ। सोमबार भएको क्यानडाविरुद्धको खेल उनले बेन्चबाट हेरिरहेका थिए। ‘उनी आगामी तीन सातासम्म यो स्तरमा खेल्नका लागि फिट हुने छैनन्। उनलाई हामीसँग राख्नुको कुनै अर्थ छैन,’ कोम्यानले भने।

डी जोङको अनुपस्थितिमा एसी मिलानका तिजानी रिजेन्डर्सले मिडफिल्डमा खेलेका थिए। अर्का मिडफिल्डर टेयुन कुपमेनर्स आइसल्यान्डविरुद्धको खेलका लागि वार्मअप गर्ने क्रममा घाइते भएका छन्।

सन् १९८८ को युरोकप च्याम्पियन नेदरल्यान्ड्सले समूह ‘डी’ को पहिलो खेलमा आइतबार ह्याम्बर्गमा पोल्यानन्डको सामना गर्नेछ भने त्यसपछि विश्वकपको उपविजेता फ्रान्ससँग खेल्नेछ। समूह चरणको अन्तिम खेल अस्ट्रियासँग खेल्नेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270