कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान

कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान

३० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्।

फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

खेलपछि कप्तान तथा गोल रक्षक किरणले आफ्नो सयौँ खेल विशेष बनेको बताए । ‘मेरो एक सयौँ खेल अविस्मरणीय बन्यो । यसको सम्पूर्ण श्रेण टिमलाई जान्छ’, उनले भने ।

किरणको ऐतिहासिक सय खेलपछि अखिल नेपाल फुटबल संघका महासचिव किरण राई र एन्फा केन्द्रीय सदस्य तथा नेपाली टिमका प्रमुख विकाश नारायण श्रेष्ठले ‘मोमेन्टो’ प्रदान गरेका थिए । उनलाई १०० लेखिएको जर्सी नम्बर र आर्मब्याण्ड पनि प्रदान गरिएको थियो ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा यसअघि खेलेका ५ वटै खेलमा हार बेहोरेको थियो भने गोलसमेत गर्न सकेको थिएन । तर समूह एचको अन्तिम खेलमा नेपालले गोल गर्दै अंक समेत जोड्न सफल भयो ।

कप्तान किरणले खेलअघि नै यमनविरुद्ध जसरी पनि अंक लिने गरी खेल्ने बताएका थिए । त्यही अनुसार नेपालले अंक पनि जोड्यो । कप्तान किरणले अवसरमा गोल हुँदा अंक लिने रणनीति सफल भएको बताए ।

‘हामी जसरी पनि अंक लिने ध्यानमा थियौँ । मिहिनेतअनुसार फल पायौँ । नतिजा सन्तुष्टिजनक आयो’, किरणले भने ।

तर नेपालमा खेलमा पछि परेको अवस्थामा पुनरागमन गर्दै अग्रता लिएपनि सदुपयोग गर्न सकेन । आठौं मिनेटमै पछि परेको नेपालले २ गोल गर्द खेलमा अग्रता लिएपनि इन्जुरी टाइममा गोल खाँदा खेल बराबरीमा सकिएको थियो । ‘अन्तिम समयमा सम्हालिन नसक्दा सोचे भन्दा राम्रो नतिजा ल्याउनबाट टाढा भयौँ’, किरणले भने ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270