त्रिकोणात्मक टि २० आई सिरिजः नेपाल २ रनले पराजित

त्रिकोणात्मक टि २० आई सिरिजः नेपाल २ रनले पराजित


१६ फागुन, काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि २० आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई १५ रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितको लागि १५ रन चाहिएको थियो । भान डर मर्वको सुरुवाती दुई बललाई दीपेन्द्रले कभरको दिशामा चौका र छक्का प्रहार गरे । तेस्रो बलमा दोस्रो रन जोड्दा करण रनआउट भएका थिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । अब तेस्रो खेलमा विहीबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् ।
त्यसपछि समूह चरणमा थप ३ खेल हुनेछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर