एफए कपः लिभरपुल, युनाइटेड र चेल्सी क्वार्टरफाइनलमा

एफए कपः लिभरपुल, युनाइटेड र चेल्सी क्वार्टरफाइनलमा


१७ फागुन । साउथह्याम्पटनविरुद्ध ३–० को सहज जित निकाल्दै लिभरपुलले एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति एन्फिल्डमा लिभरपुललाई जित दिलाउन जयडे डान्सले दुई र लेविस कोउमासले एक गोल गरे ।

खेलको ४४औँ मिनेटमा कोउमासले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७३औँ र ८८औँ मिनेटमा डान्सले गोल गरेपछि लिभरपुलले ३–० को जितसहित क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो ।

लिभरपुलले अब सेमिफाइनल प्रवेशका निम्ति म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ । युनाइटेडले बुधबार राति नै भएको खेलमा नटिङ्घम फरेस्टविरुद्ध १–० को साँधुरो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो । सिटी ग्राउन्डमा युनाइटेडलाई जित दिलाउन कासिमिरले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस्तै, प्रिमियर लिगको अर्काे क्लब चेल्सीले पनि प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा लिड्सविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै चेल्सीले अन्तिम–८ मा स्थान बनाएको हो ।

चेल्सीले अब प्रतियोगिताको सेमिफाइनल प्रवेशका निम्ति लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर