एसएमएस कपको फाइनलमा नेपालद्वरा गुजरातलाई १७७ रनको लक्ष्य

एसएमएस कपको फाइनलमा नेपालद्वरा गुजरातलाई १७७ रनको लक्ष्य

 

२५ चैत । एसएमएस त्रिकोणात्मक टी–२० शृंखलाको फाइनल खेलमा नेपाली क्रिकेट टोलीले गुजरातलाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए ।

ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे । अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए ।

यसैगरी कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे । सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले । भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक–एक विकेट लिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर