आयरल्याण्ड विरुद्ध १८ बर्षीय अर्जुनको शतक

आयरल्याण्ड विरुद्ध १८ बर्षीय अर्जुनको शतक


२५ चैत । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड विरुद्ध शतक बनाएका छन् ।

२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए । नरेन भट्ट (११), विनोद भण्डारी (१५) र भीम सार्की (०) रनमै आउट भए ।

प्रतिक्रिया:

सम्बन्धित खवर