च्याम्पियन्स लिगमा सिटी र रियलको रोमाञ्चक बराबरी

च्याम्पियन्स लिगमा सिटी र रियलको रोमाञ्चक बराबरी

२८ चैत । साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा ३–३ को बराबरी खेलेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकियो ।

बर्नार्डाे शिल्भाले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए पनि सिटीकै रुबेन डियाजको आतमघाती गोलमा १२औं मिनेटमा रियलले खेल बराबरी गरेको थियो । त्यसको दुई मिनेटपछि रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर ६६औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए ।

७१औं मिनेटमा जस्को गार्डिओलले गोल गरेपछि सिटीले फेरि खेलमा अग्रता बनाउँदै जिततर्फ लम्किएको थियो । तर रियलका फेडरिको भाल्भेरेडेले ७९औं मिनेटमा गोल गरी खेल बराबरी गरे।

पहिलो लेग रोमाञ्चक बराबरीपछि दोस्रो लेगमा अब दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता हुनेछ ।

अर्काे क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनलले बायर्न म्युनिखसँग २–२ को बराबरी खेलेको छ । १४ वर्षपछि च्याम्पियन्स लिग क्वाटरफाइनल खेलिरहेको आर्सनलका लागि घरेलु मैदान एतिहाड स्टेडियममा बुकाया साकोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर १८औं मिनेटमा आर्सनलकै पूर्व खेलाडी सर्ज जिनाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए ।

त्यसपछि ह्यारी केनले ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर ७६औं मिनेटमा लियोन्ड्रो ट्रोसार्डले बर्सनलका लागि बराबरी गोल फर्काए ।

प्रतिक्रिया:

सम्बन्धित खवर