लेभरकुसेन बन्यो बुन्डेसिगाको नयाँ च्याम्पियन

लेभरकुसेन बन्यो बुन्डेसिगाको नयाँ च्याम्पियन

 

३ बैशाख । अपराजित रहँदै बायर लेभरकुसेनले जर्मन बुन्डेसिगाको उपाधि जितेको छ।

विगतमा ५ पटक दोस्रो स्थानमा चित्त बुझाएको लेभरकुसेनले आइतबार राति घरेलु मैदान बेएरेनामा सम्पन्न खेलमा वेर्डर ब्रेमेनलाई ५–० ले पराजित गर्दै उपाधि जितेको हो।

लेभरकुसेनको जितमा फ्लोरियन विट्र्जले खेलको ६८, ८३ र ९०औँ मिनेटमा गोल गरे। भिक्टर बोनिफेसले २५औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए भने ग्राइन्ट साखाले ६०औँ मिनेटमा गोल गरे।

लेभरकुसेनले २९ मध्येको २५ खेलमा जित हात पारेको छ भने ४ खेल बराबरीसहित ७९ अंक जोडेको छ। यस सिजनका ५ खेलमात्र बाँकी रहेको अवस्थामा लेभरकुसेनले बायर्न म्युनिखलाई १६ अंकले पछाडि पारिसकेको छ।

४३ खेलमा अपराजित रहेको लेभरकुसेन अर्काे दुई उपाधिको दौडमा पनि छ।

प्रतिक्रिया:

सम्बन्धित खवर