
६ बैशाख । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानूनी लडाइँ जितेका छन्।
स्पोट्र्स इटालियाका टान्क्रेडी पाल्मेरीलगायत विभिन्न पत्रकारले युभेन्ट्सले पूर्वखेलाडी रोनाल्डोसँग मध्यस्थताको मुद्दा हारेको जानकारी दिएका हुन्।
साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले कोभिड–१९ महामारीका बेला तलब नपाएको भन्दै युभेन्ट्सविरुद्ध मुद्दा दायर गरेका थिए।
पाँच पटकका बालोन डीुओर विजेता रोनाल्डोले लकडाउनको समयमा आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाएका थिए। तर, प्रतिज्ञा गरेअनुसार आफूलाई क्बलले १७ मिलियन पाउन्ड भुक्तानी नदिएको भन्दै उनले मुद्दा दायर गरेका थिए।
अब युभेन्ट्सले उक्त रकमको ब्याजसहित ८३ मिलियन पाउन्ड तिर्नुपर्ने इटालियन मिडियाहरूले जनाएका छन्। रोनाल्डोले अगस्ट २०२१ मा युभेन्ट्स छोडेका थिए। तीन सिजन बिताएका उनले १३४ खेलमा १०१ गोल गरेका थिए।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७