एक वर्षमै लेस्टर प्रिमियर लिगमा बढुवा

एक वर्षमै लेस्टर प्रिमियर लिगमा बढुवा

१८ बैशाख । लेस्टर सिटी एक वर्षको अन्तरालमै इङ्लिस प्रिमियर लिगमा बढुवा भएको छ।

प्रिमियर लिगको पूर्वच्याम्पियन लेस्टर जेमी भार्डीको दुई गोलको मद्दतमा प्रेस्टनलाई हराउँदै शीर्ष डिभिजनमा बढुवा भएको हो।

योसँगै लेस्टरले एक खेल बाँकी छँदै च्याम्पियनसिपको उपाधि जितेको छ। दिपडेल स्टेडियममा सोमबार राति सम्पन्न खेलको ३६औँ मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई शुरूआती अग्रता दिलाएका थिए। ५२औँ मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरे।

६७औँ मिनेटमा क्यासी म्याकटरले गोल गर्दै लेस्टरलाई ३–० सहज जित दिलाए। लेस्टरलाई अब १०० अंकका साथ सिजनको अन्त्य गर्ने मौका रहेको छ। लेस्टरको ४५ खेलबाट ९७ अंक रहेको छ। दोस्रो स्थानमा रहेको लिड्सको समान खेलबाट ९० अंक रहेको छ।

तेस्रो स्थानमा रहेको इप्सिविच टाउनको पनि समान खेलबाट ९० अंक नै रहेको छ। इप्सिविचले दुई खेल खेल्न बाँकी रहेको छ। दुवै खेल जितेको खण्डमा इप्सिविच पनि प्रिमियर लिगमा बढुवा हुने छ।

प्रतिक्रिया:

सम्बन्धित खवर