भिसा नआउँदा बेलायत जानबाट रोकियो नेपाली फुटबल टोली

भिसा नआउँदा बेलायत जानबाट रोकियो नेपाली फुटबल टोली

१८ बैशाख । मैत्रिपूर्ण खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्यको समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् ।

नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित बेलायती दूतावासले जारी गर्ने गर्छ । भारतबाट उनीहरुको भिसा आउन ढिलाइ भएका कारण पूर्वनिर्धारित फ्लाइटमा जान नपाएका हुन् ।

अब मंगलबार नै राति २ बजे खेलाडीहरुलाई बेलायत पठाउने गरी तयारी गरिरहेको प्रवक्ता शाहले बताए । नेपालले इंगल्याण्डको सी टिमसँग अभ्यास खेल खेल्न त्यसतर्फ जान लागेको हो ।

इंगल्याण्ड जाने नेपाली खेलाडी

गोलकिपर – किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर- छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डर- फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लकेन लिम्बु

फरवार्ड – दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

हेड अफ डेलिगेट्स-  मनिषराज जोशी

म्यानेजर- उत्तमराज भण्डारी

अफिसियल-  पुरुषोत्तम थापा

मुख्य प्रशिक्षक- भिनसेन्जो अल्बर्टाे एनेस

सहायक प्रशिक्षक- प्रवेश कटुवाल

गोलकिपिङ प्रशिक्षक- विनोद डंगोल

फिजियो- लोकेन्द्र कुँवर

प्रतिक्रिया:

सम्बन्धित खवर