१७ जेठ, शिवसताक्षी । शिवसताक्षी नगरपालीकाले एन्फा एकेडेमीमा छनौट भएका नगरका दुई खेलाडीलाई मासिक ८ हजार दिने घोषणा गरेको छ ।
मङलबार शिवसताक्षी नगर खेलकुद बिकास समितिले आयोजना गरेको एन्फा एकेडेमीमा छनौट हुन सफल यु१३ का दुई खेलाडी सम्मान तथा बिधाइ कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख मेगाहाङ थोप्राले यस्तो घोषणा गरेका हुन । उनले भने शिवसताक्षी नगरपालीका कृषि र पर्यटन क्षेत्रमा जिल्लाको अब्बल पालिका भएको र खेलकुद क्षेत्रमा पनि यस पालिकाबाट राम्रो खेलाडीहरु उत्पादन भैइरहेकोले उनिहरुलाइ हौसला र वृद्धि बिकासमा टेवा पुगोस भन्ने हेतुले नगरपालिकाको आगमी बजेटबाट भुक्तानी दिने गरि उक्त रकम घोषणा गरेको बताउनुभयो। घोषित रकमबाट वडा नम्बर ७ का आयुष भट्टराई र वडा नम्बर १० का रुप्लिहाङ लिङ्देन लाभान्वित हुनेछन् ।
गएको महिना अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थानीय तह, जिल्ला, प्रदेश हुदै केन्द्रीय स्तरमा छनौट गरेको थियो । उक्त छनौटमा शिवसताक्षी नगरका दुइ युवा पर्न सफल भएका थिए । उनिहरुले एन्फा एकाडेमी धरानमा आवस सहित कक्षा १२ सम्मको अध्यान गर्ने अवसर प्रप्त गरेको शिवसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङालुङ राईले बताउनुभयो। वहाँका अनुसार राष्ट्रिय खेलाडी अनन्त तामाङ्ग, सन्जित राई र एपीएफ अन्डर १६ का ईश्वर कार्की पनि यहि नगरपालीकाको उत्पादन रहेको जानकारी दिनुभयो।