एमाले लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि सात सय मत खस्यो

एमाले लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि सात सय मत खस्यो


१९ भाद्र, काठमाण्डौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान भइरहेको हो ।

बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए ।

मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुने बताईएको छ । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानका हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर