कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डा बनाउन १४ जिल्ला सभापतिहरुले गरे माग

कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डा बनाउन १४ जिल्ला सभापतिहरुले गरे माग

६ फागुन, काठमाडौँ । भोलिबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशको नामाकरणको विषयलाई प्रमुख एजेण्डाको रुपमा समावेश गर्न १४ जिल्ला सभापतिहरुले माग गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका १४ जिल्ला सभापतिले महासमितिमा नामाकरणको मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका हुन् ।

विज्ञप्तिमा विष्णु कुमार राई (सभापती, खोटाङ) हिमाल कार्की (सभापती, उदयपुर) देउ कुमार थेवे (सभापती, झापा) नामगेल जाङबु शेर्पा, डिग बहादुर लिम्बु (सभापती, मोरङ) दिपक खड्का (सभापती, संखुवासभा) अर्जुन तुम्बाम्फे (सभापती, तेहथुम) केदार भण्डारी (सभापती, सुनसरी) तेजेन्द्र खनाल (सभापती, ओखलढुङ्गा) डम्मर खड्का (सभापती, इलाम) रुपनारायण जगेवु (सभापती, पांचथर) दिनेश राई (सभापती, धनकुटा) विनोद राई वान्तवा (सभापती, भोजपुर) र गजेन्द्र तुम्याहाङ सभापती, ताप्लेजुङले हस्ताक्षर गरेका छन् ।

‘नेपाली कांग्रेस पार्टी भनेको लोकतन्त्रको पर्यायबाची शब्द जतिकै आफु भित्र र देशलाई नै लोकतान्त्रिककरण गर्ने, विधिको शासनलाई स्थापित गर्ने यो देशको सबैभन्दा पुरानो र ठूलो पार्टी हो’ विज्ञप्तिमा भनिएको छ ‘ केही समय अगाडी महासमितिको बैठक घोषणा भई यही फागुन ७ देखि १० गतेसम्म ललितपुर जिल्लाको गोदावरीमा सम्पन्न हुन लागि रहेको छ । सो महासमितिको बैठकमा भाग लिने सदस्यहरुको सन्दर्भमा यस कोशी प्रदेशको केही जिल्लामा नियम संगत निर्वाचित महासमितिको सदस्यहरुको हकमा विवादित भएको भनि सभापतिहरुको र सम्बन्धित जिल्लामा खटाईएको निर्वाचन अधिकृत समेतको राय नलिईकन मनोमानी ढंगबाट केन्द्रिय निर्वाचन समिति र नेपाली कांग्रेस केन्द्रिय कार्य समितिबाट सम्बन्धित जिल्लाको महासमिति सदस्यहरुको प्रतिनिधित्व शुन्य गर्नु बान्छनीय नदेखिएकोले यथाशिघ्र सम्बन्धित जिल्लाका सभापतिहरुलाई समन्वय गरी प्रतिनिधित्व गर्ने व्यवस्थाका लागि अनुरोध सहित ध्यानाकर्षण गराउँदछौं’ ।

अगाडि भनिएको छ ‘प्रदेश नं १ (कोशी प्रदेश) नामांकरण बारे हाम्रो विगतको नाममा पुर्न बिचार गर्न आग्रह सहितको प्रेस बिज्ञप्ती र यस विषयमा प्रदेश सरकारले बार्ता टोली गठन गरी सम्बन्धित पक्षलाई वार्ताको आव्हान गरी सकेको सन्दर्भमा पुनः स्मरण गराउँदै मिति २०८०–११–७ देखि १० सम्मको महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा विषय प्रबेश गराउन अनुरोध सहित ध्यानाकर्षण गराउँदछौं’।

 

प्रतिक्रिया:

सम्बन्धित खवर