मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक महिलाको मृत्यु


८ फागुन, विराटनगर । मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी एक महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको इटहरीबाट विराटनगर आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले कोशी राजमार्गको विराटनगर–३ मा उनलाई ठक्कर दिएको थियो ।

ठक्करले घाइते बनेकी मोरङको बुढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको सोमबार राति विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरीका आशीष श्रेष्ठ सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर