प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
२२ चैत, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा
२२ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश..

ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने
२२ चैत । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सीसी क्यामेराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिए । “ठमेलका गल्लीभित्र प्रतिघण्टा..

एमाले झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन
२२ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टंक दंगालले बिहीबार घोषणा गरेका हुन् । पार्टीको जिल्ला उपाध्यक्षमा शिवकुमार ढुंगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको संयोजक दंगालले जानकारी दिए । उनका अनुसार, जिल्लामा अधिवेशनबाट १४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।..

लुम्बिनी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री चौधरीले राजीनामा दिँदै
२२ चैत । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सम्बोधन गर्दैछन् । चौधरीले प्रदेशसभामा सम्बोधनसँगै राजीनामा दिने तयारी गरेका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्वरा ह्वीप जारी
२२ चैत, धनगढी । नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए तर प्रदेश सभाको बैठक दुई घण्टा सारिएको छ ।

बेलडाँगी र मोरङको शरणार्थी शिविरमा जीवन निर्वाह रकम (भत्ता) वितरण
२२ चैत, झापा । झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ । सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार सो रकम वितरण गर्नुभएको हो । अध्यक्ष अधिकारीले विगतदेखि नै..

गोर्खा फाउण्डेशन बिर्तामोडद्वरा पाँच जनालाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’
२२ चैत, झापा । गोर्खा फाउण्डेशन बिर्तामोडले ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरेको छ । महानायक राजेश हमाल र झापाका महेन्द्र कुमार गिरी सहित पाँच जनालाई बुधबार सम्मान प्रदान गरिएको हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापना गरेको ‘विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरी र महानायक राजेश हमालसहित पाँच जनालाई प्रदान..

इलाम–२ उपनिर्वाचनमा जसपाले डकेन्द्रसिंह थेगिमलाई सघाउने
२२ चैत, इलाम । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । थेगिम कोशी प्रदेशको पुनः नामाङ्कन गर्नका लागि दबाब दिन गठन भएको संयुक्त सङ्घर्ष..

बिर्तामोडमा योगी विकाशानन्दको साथमा ‘आफुलाई चिनौँ’ कार्यक्रम हुँदै
२२ चैत, झापा । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघसंस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम आयोजना गरिएको ट्रष्ट टीम नेपाल अध्यात्म विभागकी संयोजक रिना थापा (मेहेर मगर)ले जानकारी दिनुभयो । कार्यक्रममा गुरु डा. योगी विकाशानन्दले तनाव व्यवस्थापन कसरी गर्ने, सकारात्मक उर्जा कसरी प्राप्त गर्ने, सकारात्मक सोँचको विकास कसरी हुन्छ..