लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार उनलाई ४८ सांसदले समर्थन गरेका थिए ।

यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा बुझाएका थिए । सात सदस्यीय प्रदेशसभाको बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । महरालाई मुख्यमन्त्री बनाउन चार सदस्यले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर