काचो सुन भन्दै नक्कली सुन बेच्ने गिरी पक्राउ

४ बैशाख, झापा । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुन देखाई ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार दिउँसो बिर्तामोडस्थित शनिश्चरे रोडबाट जाल्पागुडी सिलिगुडीका ५४ वर्षीय शेर बहादुर गिरीलाई पक्राउ गरेको हो ।

गिरीले झापा बुद्धशान्ति २ बस्ने ४५ वर्षीय सविता सिटौलालाई काचो सुन भन्दै ललाई फकाई ६० हजार रुपैयाँमा विक्री गरेका थिए । बिर्तामोडको शनिश्चरे रोडमा गिरीले सिटौलालाई ठगी गरेपछि तत्कालै इप्रका अनारमनीमा जानकारी गराइएको थियो ।

प्रहरीले जानकारी पाउनासाथ प्रहरी परिचालन गरेर शनिश्चरे रोडबाटै नक्कली सुन विक्री गर्ने गिरीलाई पक्राउ गर्न सफल भएको झापाका प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270