किताबी ज्ञानले मात्रै पुग्दैन भन्दै कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

२८ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ–९ स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो। ‘विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक..

आमाको हत्या आरोपमा छोरा पक्राउ

२८ जेठ । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । सर्वाेच्च अदालतको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले असार १३ सम्म विश्वासको मत लिइ सक्नुपर्नेछ । उहाँ संविधानको धारा १ सय ६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त..

दमकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय राईको मृत्यु

२८ जेठ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक–३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति १०ः५० बजेको समयमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे. ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ १ स्थायी ठेगाना भई दमक ५ मा डेरा गरी बस्ने..

चुलाचुलीमा पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन

२७ जेठ, इलाम । चुलाचुलीका गाउँपालिकामा आज पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन भएको छ । आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला समिती इलामको आयोजनामा चुलाचुलीमा भएको एक अभिमुखीकरण कार्यक्रमकाबीच वैदेशिक रोजगारबाट फर्किएका चुलाचुली ५ का तुलवहादुर तामाङको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको हो । कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले नेपालमा विदेश जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले यसलाई व्यवस्थित र शुरक्षित वनाउन..

मधेशमा मन्त्रिपरिषद् विस्तार

२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र..

विराटनगरमा विद्यार्थीले गरे योजना आयोगको गाडीमा आगजनी

२७ जेठ, विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोग कोशी प्रदेशको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका छन् । उनीहरूले आज बिहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलित रहेका छन् । पक्राउ परेको समूहले आफू..

चुलाचुलीमा विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध- शिक्षकलाई राजनीति प्रतिबन्ध

२६ जेठ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आआफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै  राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय..

बिर्तामोडको बेरुजु अघिल्लो वर्षको तुलनामा ७.५८ प्रतिशत घट्यो

२६ जेठ, झापा । झापाको बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९–८० को बेरुजु ४.५४ प्रतिशत छ । यो आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको बेरुजु १२.१२ प्रतिशत उल्लेख थियो । २४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम..

झापाको भद्रपुर नगरपालिकाद्वरा किसानलाई विद्युत् महसुलमा अनुदान

२६ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताए । “स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको..