प्रदेश
आमाको हत्या आरोपमा छोरा पक्राउ
२८ जेठ । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । सर्वाेच्च अदालतको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले असार १३ सम्म विश्वासको मत लिइ सक्नुपर्नेछ । उहाँ संविधानको धारा १ सय ६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त..
दमकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय राईको मृत्यु
२८ जेठ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक–३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति १०ः५० बजेको समयमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे. ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ १ स्थायी ठेगाना भई दमक ५ मा डेरा गरी बस्ने..
चुलाचुलीमा पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन
२७ जेठ, इलाम । चुलाचुलीका गाउँपालिकामा आज पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन भएको छ । आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला समिती इलामको आयोजनामा चुलाचुलीमा भएको एक अभिमुखीकरण कार्यक्रमकाबीच वैदेशिक रोजगारबाट फर्किएका चुलाचुली ५ का तुलवहादुर तामाङको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको हो । कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले नेपालमा विदेश जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले यसलाई व्यवस्थित र शुरक्षित वनाउन..
मधेशमा मन्त्रिपरिषद् विस्तार
२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र..
विराटनगरमा विद्यार्थीले गरे योजना आयोगको गाडीमा आगजनी
२७ जेठ, विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोग कोशी प्रदेशको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका छन् । उनीहरूले आज बिहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलित रहेका छन् । पक्राउ परेको समूहले आफू..
चुलाचुलीमा विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध- शिक्षकलाई राजनीति प्रतिबन्ध
२६ जेठ । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आआफ्ना पेसागत सङ्घसङ्गठनमा आबद्ध भए तापनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय..
बिर्तामोडको बेरुजु अघिल्लो वर्षको तुलनामा ७.५८ प्रतिशत घट्यो
२६ जेठ, झापा । झापाको बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९–८० को बेरुजु ४.५४ प्रतिशत छ । यो आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको बेरुजु १२.१२ प्रतिशत उल्लेख थियो । २४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम..
झापाको भद्रपुर नगरपालिकाद्वरा किसानलाई विद्युत् महसुलमा अनुदान
२६ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताए । “स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको..
प्रतिवन्धित लागुऔषधसहित दमकबाट एकजना महिला पक्राउ
२६ जेठ । प्रतिवन्धित लागुऔषधसहित दमकबाट एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–४ बस्ने ४८ वर्षीया गायत्रा गौतम रहेकी छन् । उनलाई लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार गौतमको शरीर तथा घरकोठाहरु खानतलासी लिँदा उनले बट्टाभित्र लुकाई राखेको प्रतिबन्धित लागुऔषध खैरोहिरोइन ९..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७